शुक्रबार, भदौ २६, २०८३

विराटनगरमा प्लाज्मा आदानप्रदानका लागि एप सञ्चालन

प्लाज्मा आदानप्रदान गर्न विराटनगर महानगरपालिकाले ‘प्लाज्मा बैंक विराटनगर’ एप सञ्चालनमा ल्याएको छ। 
 |  मंगलबार, मंसिर १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १६, २०७७

विराटनगर- प्लाज्मा आदानप्रदान गर्न विराटनगर महानगरपालिकाले ‘प्लाज्मा बैंक विराटनगर’ एप सञ्चालनमा ल्याएको छ। 

महानगरपालिकाका प्रमुख भीम पराजुलीले आफ्नो व्यक्तिगत विवरणसहित फोटो हालेर एप्सको शुभारम्भ गरे।

कोरोना संक्रमण भएर निको भएको दिनदेखि ३० दिनभित्र प्लाज्मा आदानप्रदान गर्न सकिने भएकाले दिने व्यक्तिले एपमा आफ्नो नाम, फोन नम्बर र रगत समूह उल्लेख गर्नुपर्ने हुन्छ।

संक्रमित भएर निको भएका व्यक्तिले रगत नदिएको हकमा मात्र यो लागू हुने र २२ दिनसम्म रगत नदिएको अवस्थामा महानगरपालिकाले बोलाएर रगत दिन इच्छुक व्यक्तिको रगत संकलन गरेर राखेमा २ महिनासम्म काम लाग्ने छ। 

प्लाज्मा दिने ब्यक्तिले रगत दिएको खण्डमा एपमार्फत रगत दिएको जानकारी गराउनुपर्ने महानगरपालिकाले जनाएको छ।

इच्छुकहरुले गुगल प्ले स्टोरमा गएर प्लाज्मा बैंक विराटनगर डाउनलोड गर्ने प्रमुख पराजुलीले आग्रह गरे।

प्रमुख पराजुलीले कोरोना संक्रमित र अरु रोगका बिरामीहरुका लागि छिट्टै रक्तदान कार्यक्रम संचालन गर्ने बताए।

प्रकाशित: Dec 01, 2020| 12:15 मंगलबार, मंसिर १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।