बिहीबार, भदौ २५, २०८३

युरोपेली देशमा अबको एक महिनामा खोप उपलब्ध हुने !

कोरोना भाइरसविरुद्धको खोप अबको एक महिना भित्रमा युरोपेली मुलुकमा उपलब्ध हुने भएको छ । 
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

काठमाडौं– कोरोना भाइरसविरुद्धको खोप अबको एक महिना भित्रमा युरोपेली मुलुकमा उपलब्ध हुने भएको छ । 

जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड–१९ विरुद्धको खोप युरोपेली युनियनमा आबद्ध देशमा प्रयोग गर्न आवेदन दिएको छ ।

यदि यो आवेदन युनियनले स्वीकृत गरेमा युरोपेली देशमा यसै वर्षको अन्त्यअघि अर्थात अबको एक महिनापछि खोप उपलब्ध हुने भएको हो । 

दुवै कम्पनीका तर्फबाट निकालिएको विज्ञप्तिमा युरोपेली मेडिसिन एजेन्सी ईएमएमा औपचारिक निवेदन दिइएको उल्लेख छ ।

युरोपेली नियामक निकायले फाइजरले पेस गरेको विवरणको मूल्याङ्कन गरी खोप लगाउन उपयुक्त रहेरनरहेको विश्लेषण गरी स्वीकृति दिइने जनाएको छ ।
 
यस्तै फाइजर र बायोएनटेकले अमेरिकामा पनि खोप वितरण गर्ने गरी अमेरिकी खाद्य तथा औषधि प्रशासन एफडीए समक्ष निवेदन दिइसकेको छ ।

फाइजर र बायोएनटेकले अस्ट्रेलिया, क्यानाडा र जापान लगायतका देशका नियामक निकायमा पनि आवेदन दिइने जनाएको छ ।

विश्वमा बन्दै गरेका खोपमध्ये फाइजर र बायोएनटेकले बनाएको खोप सबैभन्दा बढी प्रभावकारी देखिएको अनुसन्धानबाट खुलेको छ । 

प्रकाशित: Dec 02, 2020| 01:00 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।