बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ मा १७९ कोरोना संक्रमित थपिए, ९२ जना डिस्चार्ज

प्रदेश १ मा १७९ कोरोना संक्रमित थपिए, ९२ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १७९ जना कोरोना संक्रमित थपिएका छन्।
 |  मंगलबार, मंसिर १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १६, २०७७

विराटनगर- पछिल्लो २४ घण्टामा प्रदेश १ मा १७९ जना कोरोना संक्रमित थपिएका छन्। ३५ जनाको पीसीआर परीक्षण गर्दा ५५ महिला र १२४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। 

झापामा ६२, मोरङमा ५३, सुनसरीमा ३८, इलाममा १०, पाँचथर र तेह्रथुममा २–२, ताप्लेजुङ, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

झापाको विर्तामोडमा २२, भद्रपुरमा १५, दमकमा ७, कनकाई र शिवसताक्षीमा ४–४, अर्जुनधारामा ३, मेचीनगरमा २, गौरादह, बुद्धशान्ति, कचनकवल, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मोरङको विराटनगरमा ४०, बेलबारीमा ३, केराबारी, पथरीशनिश्चरे र सुन्दरहरैचामा २-२, रतुवामाई, उर्लाबारी, कटहरी र स्थानीय तह नखुलेका १–१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यसैगरी सुनसरीको धरानमा १८, इटहरीमा १७, भोक्राहानरसिंह, देवानगञ्ज र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजटिभ आएको छ। 

उता इलामको माईमा ८, इलाम नगरपालिका र रोङमा १–१, पाँचथरको फिदिम र मिक्लाजुङमा १–१, तेह्रथुमको लालिगुराँसमा २, ताप्लेजुङको पाथीभरा याङवरक, धनकुटा र उदयपुरको त्रियुगामा १–१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ हजार ४४१ पुगेको छ।

प्रदेश १ मा मंगलबार ९२ जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट ८३, विराट मेडिकल कलेजबाट ५, मेची अस्पतालबाट ३ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका छन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ३७७ पुगेको छ।

प्रकाशित: Dec 01, 2020| 11:32 मंगलबार, मंसिर १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।