बिहीबार, भदौ ४, २०८३

प्रदेश १ बाट एमाले केन्द्रीय कमिटीमा २८ जनाको डेब्यू

बुधबार, मंसिर १५, २०७८
चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनबाट नेकपा एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा प्रदेश १ बाट २८ जनाले डेब्यू गरेका छन्।

एक मतले हारेपछि पुन: मतगणना माग

बुधबार, मंसिर १५, २०७८
नेपाली कांग्रेस सुनसरी उपसभापतिका उमेदवार गफार अन्सारी मिँया र सचिवका उमेदवार रञ्जेश भट्टराईले पुनः मतगणनाकाे माग गर्दै निर्वाचन कार्यालय इनरुवामा निवेदन दिएका छन्।

कांग्रेस मोरङ सभापतिमा फेरि लिम्बू निर्वाचित

बुधबार, मंसिर १५, २०७८
नेपाली कांग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बू निर्वाचित भएका छन्। दिलीप गच्छदारलाई ४८१ मतअन्तरले पराजित गर्दै उनी दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन्।

प्रधानमन्त्री देउवा आज हेटौंडा जाँदै

प्रधानमन्त्री देउवा आज हेटौंडा जाँदै

बागमती प्रदेशको राजधानी हेटौंडामा बिहीबार हुने नेपाली कांग्रेसको १४ महाधिवेशनअन्तर्गत बागमती प्रदेशको पहिलो अधिवेशनको उद्घाटन गर्न देउवा हेटौंडा जाने भएका हुन्।
देउवाले भने - अरु पार्टीको चिन्ता होइन, आफ्नो पार्टी बलियो बनाउन ध्यान दिनुस्

देउवाले भने - अरु पार्टीको चिन्ता होइन, आफ्नो पार्टी बलियो बनाउन ध्यान दिनुस्

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अरुको पार्टीको चिन्ता नगर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।
एमालेको अर्को बैठक मंसिर २५ र २६ मा हुने

एमालेको अर्को बैठक मंसिर २५ र २६ मा हुने

नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बसेको छ। एमालेको पहिलो बैठक चितवनस्थित सौराहामा बसेको हो।
जबजको मर्म कार्यान्वयन गर्न महाधिवेशन असफल भयो : भीम रावल

जबजको मर्म कार्यान्वयन गर्न महाधिवेशन असफल भयो : भीम रावल

'समग्रमा यो महाधिवेशनले जबज र विधान महाधिवेशनका विषयलाई सम्बोधन गरेन। व्यवस्थापन पनि सहज भएन,' रावलले थपे, 'यद्यपि महाधिवेशन सकिएको छ। यसका विविध विषयमा काठमाडौं गएपछि गर्नेछु।'
नेकपा मसालको असन्तुष्ट समूहद्वारा समन्वय समिति गठन

नेकपा मसालको असन्तुष्ट समूहद्वारा समन्वय समिति गठन

३१ जिल्लाका १९१ जना प्रतिनिधिको भेलाले पूर्व सांसद सन्तबहादुर नेपालीको संयोजकत्वमा ५६ जनाको केन्द्रीय समन्वय समिति र ११ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो।
प्रकाशित
मंगलबार, मंसिर १४, २०७८  १९:५७

एमालेको १० औं केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

पार्टीको नेतृत्वमा विजयी भएपछि महाधिवेशन प्रतिनिधिहरुलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले अबको केही समयमा १० औं केन्द्रीय कमिटीको पहिलो बैठक बस्‍ने जानकारी दिएका हुन्।

प्रकाशित
मंगलबार, मंसिर १४, २०७८  १९:५५

माओवादीबाट आएका तीन नेता अटाए एमाले पदाधिकारीमा

उपाध्यक्षमा निर्वाचित रामबहादुर थापा र सचिवमा निर्वाचित लेखराज भट्ट र टोपबहादुर रायमाझी पूर्व माओवादीबाट एमालेमा विलय भएका हुन्।

प्रकाशित
मंगलबार, मंसिर १४, २०७८  १९:४६

केन्द्रीय सदस्यमा रावलले लिएनन् शपथ

एमाले निर्वाचन समितिका संयोजक विजय सुब्बाले रावलको नाम केन्द्रीय कमिटी सदस्यमा पढेका थिए। तर, रावलले केन्द्रीय कमिटीमा नबस्ने जानकारी दिएका छन्।

प्रकाशित
मंगलबार, मंसिर १४, २०७८  १९:२५

रावलको 'साहसिक' पराजय

ओली समूहका कार्यकर्ताका नाराबाजीमा एमाले अध्यक्षका दाबेदार रहेका भीम रावललाई विभिन्न आरोप लगाइएको थियो। उनलाई 'नक्कली राष्ट्रवादी', 'पार्टी फुटाउने मतियार' र 'लड्डुलाल' र 'गद्दार' जस्ता आरोप लगाइएको थियो।

प्रकाशित
मंगलबार, मंसिर १४, २०७८  १९:०८

जब मदनबहादुरले स्टेजबाट आफ्नो कुर्सी हटाउन लगाए

लगत्तै उद्घोषकले पूर्वसभापति मदन बहादुर अमात्यलाई बोल्न आग्रह गर्दै स्टेजमा बोलाए। कार्यक्रममा बोल्दै उनले भने, 'म आजबाट पूर्वसभापति भए। त्यसैले स्टेजबाट कुर्सी हटाउन आग्रह गरेको हुँ।'

प्रकाशित
मंगलबार, मंसिर १४, २०७८  १८:३८

निधिको उपस्थितिमा डडेल्धुरा कांग्रेसको अनसन स्थगित

नेपाली कांग्रेस डडेल्धुराका नेता, कार्यकर्ताहरुले डडेल्धुरामा गरिएका वडा तथा पालिका अधिवेशन बदर गर्न माग गर्दै केन्द्रीय कार्यालयमा गरिएको अनशन स्थगित गरेका छन्।

प्रकाशित
मंगलबार, मंसिर १४, २०७८  १८:१५

माधव नेपालको हेपाइमा परेका ओली २० वर्षमा कसरी बने शक्तिशाली?

ओली दोस्रोपल्ट पार्टी अध्यक्ष बन्‍न जुन प्रक्रिया अवलम्बन गरे, त्यसले प्रक्रियालाई मात्र वैध बनाएन, ओलीलाई थप शक्तिशाली बनायो। उनी पाँच वर्षका लागि पार्टीको शक्ति आफ्नो हातमा लिन सफल भए।

प्रकाशित
मंगलबार, मंसिर १४, २०७८  १८:०६

विश्‍वप्रकाशलाई देउवाले भने - हतार नगर्नुस्, अब पालो तपाईंहरुकै हो

कार्यक्रममा बोल्दै प्रवक्ता विश्वप्रकाश शर्माले १४ औँ महाधिवेशनबाट पार्टीमा रुपान्तरण आवश्यक रहेको भन्दै राजनीतिमा परिवर्तनका लागि ‘वान, टु, थ्री, फोर’को प्रस्ताव अघि सारेको बताएका थिए। विश्‍वप्रकाशको प्रस्तावमा वान, टु, थ्री,...

प्रकाशित
मंगलबार, मंसिर १४, २०७८  १६:४९

यस्तो बन्यो ओलीको टिम

निर्वाचन समितिका सदस्य बाबुराम दाहालका अनुसार ओलीले १८४० मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२० मत पाएका छन्। ३६ जनाले नो भोटमा मतदान गरेका थिए।

प्रकाशित
मंगलबार, मंसिर १४, २०७८  १६:३०

अष्टलक्ष्मी र गोकर्ण विष्टले पाए बराबर मत

नेकपा एमालेको १०औं महाधिवेशन अन्तर्गत आज मंगलबार भएको निर्वाचनमा उपाध्यक्षकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र सचिवका उम्मेदवार गोकर्ण विष्टले बराबर मत ल्याएका छन्।

प्रकाशित
मंगलबार, मंसिर १४, २०७८  १६:१६

यी हुन् १०औँ महाधिवेशनबाट निर्वाचित एमाले पदाधिकारी

निर्वाचन समितिका सदस्य बाबुराम दाहालका अनुसार ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिएका हुन्।

प्रकाशित
मंगलबार, मंसिर १४, २०७८  १५:५५

एमाले उपाध्यक्षमा घनश्याम भुसाल पराजित, सबैभन्दा धेरै मत अष्टलक्ष्मी शाक्यलाई

मंगलबार दिउँसो सार्वजनिक भएको मतपरिणाममा भुसालले जम्मा जम्मा ७२५ मत मात्रै पाए। अरू ६ जना उम्मेदवारभन्दा कम मत पाएसँगै उनी उपाध्यक्ष पदमा पराजित भएका हुन्।