शनिबार, कात्तिक २९, २०८२

कांग्रेसमा युवाको सार्थक हस्तक्षेप

‘देउवाभन्दा तल अर्को समूहबाट बढी आएका छन्। उनीहरूको साथ पाउनका लागि पनि देउवाले मिलाएर लैजान सक्नुपर्छ।’
 |  बिहीबार, पुस १, २०७८

यज्ञराज जोशी

यज्ञराज जोशी

बिहीबार, पुस १, २०७८

काठमाडौं– नेपाली कांग्रेसमा युवा पुस्ताको सार्थक हस्तक्षेप भएको छ। पार्टी उपभापतिमा धनराज गुरुङ तथा महामन्त्रीमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्मा पहिलोपटक पदाधिकारीमा निर्वाचित भएका हुन्। तीनै नेता पार्टीमा युवा पुस्ताको प्रतिनिधित्व गर्छन्। युवा पुस्ताको उदयले जीवनको उत्तरार्धमा रहेका सभापति शेरबहादुर देउवाले आफ्नो राजनीतिक व्यवहार पनि सोहीअनुसार परिवर्तन गर्नुपर्ने निश्चित छ।

National life

चौधौं महाधिवेशनमा युवाले नेतृत्व लिनुपर्ने बहस चर्को उठेको थियो। तर सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंह आफैं मैदानमा उत्रिए। जसले गर्दा युवाप्रति नेताहरूको बोली मात्रै फेरिएन, कांग्रेसको नेतृत्वमा पुरानै अनुहार दोहोरिन चाहे। तर महाधिवेशन प्रतिनिधिहरूले अहिलेसम्म पदाधिकारीमा नपुगेका गगन, विश्वप्रकाश र धनराजलाई रोजे। 

यसअघि नेतृत्वमा सभापति जसले जित्छ, कार्यसमितिमा उसैको वर्चस्व हुने भए पनि यसपटक भने त्यसमा परिवर्तन देखिएको छ। त्यसैको उदाहरण हुन्, धनराज, गगन र विश्‍वप्रकाश।

टिममा नपर्दा पनि लोकप्रियताको आधारमा नेतृत्वमा पुग्‍नुले राम्रो काम गर्ने व्यक्ति जसरी पनि अगाडि बढ्छ भन्‍ने पुष्टि गरिदिएको बताउँछन् राजनीतिशास्त्रका प्राध्यापक लोकराज बराल।  कांग्रेसमा युवा पुस्ता आउनु सकारात्मक रहेको उनको प्रतिक्रिया छ। बराल भन्छन्, ‘राजनीतिमा पुस्तान्तरण निकै ठूलो विषय हो। आशा गरिएका युवा नेतृत्वमा आउनु खुसीको कुरा हो।’ तर, उनीहरूमाथि जनताको ठूलो आसा र भरोसा रहेकाले त्यसलाई भने त्यसलाई मर्न दिन नहुने उनले बताए। 

कांग्रेसमा फेरिएका युवा अनुहार समाजको नजरमा परेका राजनीतिक ‘फिगर’ हुन्। संसद्‌मा प्रमुख प्रतिपक्षी हुँदा होस् अथवा सत्तामा हुँदा होस्, बेथिति र विसंगतिविरुद्ध खरो रुपमा प्रस्तुत हुने गगन थापालाई जनताले रुचाउँदै आएका छन्। उनको प्रस्ट विचार र राजनीतिक योजनालाई धेरैले मन पराउने गरेका छन्। १३ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएर पनि उनी राजनीतिमा सक्रिय रहिरहे। 

Laxmi sunrise bank
kumari

गगन थापा, तीनै पात्र हुन्, जसले पार्टीभित्र शेरबहादुर देउवाको खुलेर विरोध गर्छन्। उनले १४ औं महाधिवेशनमा देउवासँग सहकार्य गरेनन्। तर, पार्टीमा सबैभन्दा बढी मतका साथ थापा विजयी बनेका छन्। 

‘देउवाभन्दा तल अर्को समूहबाट बढी आएका छन्। उनीहरूको साथ पाउनका लागि पनि देउवाले मिलाएर लैजान सक्नुपर्छ।’

अर्का चर्चित पात्र हुन्, विश्‍वप्रकाश शर्मा। १३ औं महाधिवेशनमा देउवाको रोजाइमा परेका शर्मा केन्द्रीय सदस्यमा विजयी भए। त्यसको १८ महिनापछि देउवाले उनलाई कांग्रेस केन्द्रीय प्रवक्तामा मनोनीत गरे।

शर्मा २०७४ सालमा प्रतिनिधिसभाको निर्वाचनमा झापा-१बाट माओवादी नेता राम कार्कीसँग पराजित भए पनि शर्मा राजनीतिमा चर्चाको केन्द्रमा नै रहे। शर्माले पराजित हुँदा कार्कीसँग मित्रवत् व्यवहारले पनि निकै चर्चा पाएको थियो। बाहिर हुँदा सधैं युवा प्रतिनिधिको वकालत गर्दै आएका युवा नेता नै कांग्रेस नेतृत्वमा पुगेका छन्। ती अनुहारमा जनताको आशा पनि केन्द्रित छ। 

अब युवा पुस्तालाई पार्टी सभापति देउवाले पनि साथ लिएर अघि बढ्नुपर्ने बनाउँछन् बराल। उनी भन्छन्, ‘देउवाभन्दा तल अर्को समूहबाट बढी आएका छन्। उनीहरूको साथ पाउनका लागि पनि देउवाले मिलाएर लैजान सक्नुपर्छ।’  कांग्रेसमा लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गर्दै युवा नेतृत्व आएको बताउँदै बरालले यसबाट अन्य पार्टीले पनि पाठ सिक्नुपर्नेमा जोड दिए। 


प्रकाशित: Dec 16, 2021| 16:30 बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...