आइतबार, जेठ ६, २०८१

नेविसंघको वडा सचिवदेखि कांग्रेस महामन्त्रीसम्म गगन-यात्रा

उनको भाषणको सार हुन्थ्यो- 'अब आउने पुस्ताले लोकतन्त्रका लागि आन्दोलन गर्न नपर्ने गरी देशमा नागरिक अधिकार स्थापित नभएसम्म पछि हट्दैनौं।'
 |  बिहीबार, पुस १, २०७८

माधव नेपाल

माधव नेपाल

बिहीबार, पुस १, २०७८

विद्यार्थी राजनीतिमा लागेर शाही सत्ताका बेला चर्चाको शिखरमा पुगेका गगन थापा सक्रिय राजनीतिमा संलग्न भएको ३० वर्षपछि नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित भएका छन्।

triton college

काठमाडौं- पचासको दशकको सुरुतिर राजधानीको त्रिचन्द्र क्याम्पसमा एउटा अनुहार धेरैको प्रिय थियो। यसकारण कि मिलनसार, हँसिलो मुहार र कालो वर्णका उनी प्रतिष्ठित मानिने सिद्धार्थ वनस्थलीबाट एसएलसी सकेर त्रिचन्द्र आएका थिए। त्यसमा पनि राजधानीका रैथाने ती किशोर साथी समूहमा सजिलै घुलमिल भइहाल्थे। सोही लोकप्रियताका कारण गगन थापाले स्ववियु सदस्यमा टिकट पाए।

५१ सालमा त्रिचन्द्रको स्ववियु सदस्य निर्वाचित भएर विद्यार्थी राजनीतिमा प्रवेश गरेका थापा ३० वर्षपछि मुलुकको पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित भएका छन्। ४५ वर्षीय थापा महामन्त्रीमा निर्वाचित हुनुअघिको राजनीतिक यात्रा भने लामो र लोभलाग्दो छ।

२०४८ सालमा नेविसंघ काठमाडौं वडा नं. ३३ को सचिव चुनिएका गगनको लोभलाग्दो राजनीतिक यात्रा आरम्भचाहिँ एमालेको ९ महिने शासनकालबाट सुरु भएको थियो। ५१ सालमा एमालेको सरकार थियो। मूल्यवृद्धिको विरोधमा नेविसंघले नेपाल बन्द आह्वान गरेका बेला गगन पक्राउ परे। अनि उनको नाम त्यति बेलाका विपक्षी दल समर्थित मिडियामा आउन थाल्यो। धाराप्रवाह भाषण गर्ने गगनशैली त्रिचन्द्रमा मात्र सीमित भएन उपत्यकाका सबै कलेजमा गगनको चर्चा हुन थाल्यो। उनी भन्ने गर्थे- शिक्षा र स्वास्थ्यमा नागरिकको समान पहुँच नभएसम्म विद्यार्थी आन्दोलन जारी राख्नुपर्छ।

राजधानीका क्याम्पसमा मात्र होइन देशभरका युवापुस्तामा गगन चासोको पात्र बन्न पुगे। अहिलेको सामाजिक सञ्जालको भाषामा भन्ने हो भने गगन 'भाइरल' बने। जसै उनको राजनीतिक यात्रा पनि अघि बढिरह्यो। त्रिचन्द्रमै स्ववियु सचिव हुँदै सभापतिमा निर्वाचित भए। ५९ सालमा नेविसंघको महामन्त्री बनेपछि गगन आशालाग्दा युवाका रुपमा स्थापित भइसकेका थिए।

corrent noodles
Metro Mart
वामपन्थी दलले पनि खुलेर प्रश‌ंसा गर्न थाले गगनको। कारण थियो गगनले गणतन्त्रको नारा उराल्न थालिसकेका थिए।

गगनको राजनीतिलाई थप उचाइमा पुर्याउने अर्को कारक बन्यो शाही सत्ता। ६१ साल माघमा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिँदा गगन नेविसंघको महामन्त्री थिए। राजनीतिक दलका शीर्ष नेता कोही पक्राउ परे र कोही नजरबन्दमा अनि कोही भूमिगत भए। तर गगनले प्रजातन्त्र र नागरिक अधिकारप्रति वकालत गरिरहे। वामपन्थी दलले पनि खुलेर प्रश‌ंसा गर्न थाले गगनको। कारण थियो गगनले गणतन्त्रको नारा उराल्न थालिसकेका थिए।

शाही सत्ताको विरोधमा लागेका महामन्त्री गगन र अध्यक्ष गुरुराज घिमिरेलाई धेरैतिरबाट साथ मिल्न थाल्यो। पार्टीले गणतन्त्रका पक्षमा औपचारिक निर्णय नगर्दै गगनले गणतन्त्रका पक्षमा खुलेर लबिङ गरिरहे। पटकपटक हिरासतमा परे। सडकमा लाठी खाए। आन्दोलनको अग्रपंक्तिमा रहेर राजतन्त्रको विरोध, नमुना जनमतसंग्रह लगायतको देशव्यापी अभियान सञ्चालन गर्दा उनी प्रक्राउ परेका थिए। नागरिक अगुवा कृष्ण पहाडी, देवेन्द्रराज पाण्डेको नेतृत्वमा रत्नपार्कमा भएको कार्यक्रममा राजतन्त्रविरुद्ध बोलेको आरोपमा उनलाई पक्राउ गरी राजद्रोहको मुद्दा लगाइएको थियो।

प्रकाशित: Dec 16, 2021| 16:12 बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...