बिहीबार, भदौ ४, २०८३

कांग्रेसका मतदाताले नपत्याएका यी पाँच डाक्टर

सभापतिका उम्मेदवार डा. शेखर कोइराला चिकित्सक क्षेत्रका डाक्टर हुन् भने अन्य चार जनाले विभिन्‍न विषयमा विद्यावारिधि गरेका हुन्।
 |  बिहीबार, पुस १, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिदेखि महामन्त्रीसम्म पाँच जना डाक्टरले उम्मेदवारी दिएका थिए। सभापतिका उम्मेदवार डा. शेखर कोइराला चिकित्सक क्षेत्रका डाक्टर हुन् भने अन्य चार जनाले विभिन्‍न विषयमा विद्यावारिधि गरेका हुन्।

कांग्रेसको उपसभापतिमा डा. चन्द्र भण्डारीले उम्मेदवारी दिएका थिए भने महामन्‍त्रीमा डा. प्रकाशशरण महत, डा. मिनेन्द्र रिजाल र डा. राजाराम कार्कीले उम्मेदवारी दिएका थिए। 

तर, कांग्रेसका मतदाताले भने पाँचै जना डाक्टरहरुलाई पराजित गरिदिएका छन्। सभापतिको एक पदमा डा. शेखर कोइरालालाई शेरबहादुर देउवाले पराजित गरेका हुन्। 

त्यसैगरी उपसभपतिको दुई पदमा भएको निर्वाचनमा डा. चन्द्र भण्डारीलाई पराजित गर्दै पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भए। उपसभापतिमा विजयकुमार गच्छदार, महेश आचार्य र सुजाता कोइरालाले पनि प्रतिस्पर्धा गरेका थिए।

महामन्त्रीका उम्मेदवारत्रय डा. महत, डा. रिजाल र डा. कार्कीलाई पराजित गर्दै गगन थापा र विश्‍वप्रकाश शर्मा विजयी भएका हुन्।

महामन्त्रीका अर्का उम्मेदवार प्रदीप पौडेल पनि पराजित भएका छन्। 

प्रकाशित: Dec 16, 2021| 15:15 बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...