काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा नवनिर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
देउवालाई भेट्न प्रचण्ड शुक्रबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रचण्ड पुगेका थिए। उनले सभापतिमा निर्वाचित भएको देउवालाई बधाई तथा शुभकामना दिएका छन्।
साथै वर्तमान राजनीतिक परिस्थितिसहित गठबन्धनको आगामी रणनीतिबारे पनि उनीहरूबीच छलफल भएको छ। संसदमा देखिएको राजनीतिक गतिरोध अन्त्यका विषयमा पनि प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल भएको बताइएको छ।