बिहीबार, भदौ ४, २०८३

रक्षामन्त्री रिजालले प्रधानमन्त्री देउवालाई बुझाए राजीनामा

नेपाली कांग्रेसको महामन्त्रीमा हार हुने देखिएपछि बिहीबार दिउँसो सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका रक्षामन्त्री मीनेन्द्र रिजालले अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा दिएका छन्।
 |  बिहीबार, पुस १, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १, २०७८

काठमाडौं– नेपाली कांग्रेसको महामन्त्रीमा हार हुने देखिएपछि बिहीबार दिउँसो सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका रक्षामन्त्री मीनेन्द्र रिजालले अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा दिएका छन्। 

महामन्त्रीको मतगणनामा पछि परेपछि उनले ट्विटरबाट राजीनामा घोषणा गरेका थिए। ‘नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्ट रूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु,’ उनले ट्विटरमा लेखेका छन्।


प्रकाशित: Dec 16, 2021| 15:59 बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...