बिहीबार, भदौ ४, २०८३

एमालेले तोक्यो नेताहरूको जिम्मेवारी, कुन नेतालाई के जिम्मेवारी?

नेकपा एमालेले अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्दै नेताहरूलाई जिम्मेवारी तोकेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बसेको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकले अन्तरपार्टी निर्देशन जारी गर्दै नेताहरूको जिम्मेवारी तोकेको हो।
 |  शुक्रबार, पुस २, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २, २०७८

काठमाडौं- नेकपा एमालेले अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्दै नेताहरूलाई जिम्मेवारी तोकेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बसेको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकले अन्तरपार्टी निर्देशन जारी गर्दै नेताहरूको जिम्मेवारी तोकेको हो। 

जसअनुसार अध्यक्ष केपी शर्मा ओलीले पार्टीको समग्र नेतृत्व गर्दा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मा दिइएको छ। 

उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश र स्थानीय तह संयोजन गर्ने जिम्मेवारी दिइएको छ। यस्तै उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय संयोजन, उपाध्यक्ष रामबहादुर थापालाई कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षा तथा उपाध्यक्ष विष्णु पौडेलले साङ्गठनिक कामको अनुगमनको जिम्मेवारी तोकिएको एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी)मा उल्लेख छ। 

यस्तै महासचिव शंकर पोखरेललाई साङ्गठनिक कामको संयोजन, उपमहासचिव प्रदीप ज्ञवालीलाई स्कुल विभाग, अर्का उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई प्रचार तथा प्रकाशन विभाग प्रमुख, अर्का उपमहासचिव विष्णु रिमाललाई निर्वाचन विभाग र आर्थिक तथा कोष व्यवस्थापनको जिम्मेवारी दिइएको छ। 

यस्तै पार्टी सचिवहरू टोपबहादुर रायमाझीलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, गोकर्ण विष्टलाई ऊर्जा विभाग, योगेश भट्टराईलाई स्वास्थ्य विभाग र लेखराज भट्टराई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी एमालेले दिएको छ। नेता घनश्याम भुसाललाई अर्थ तथा योजना विभाग र मणि थापालाई भूमि व्यवस्था विभागको जिम्मेवारी दिइएको छ।

प्रकाशित: Dec 17, 2021| 08:44 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...