एआइजी पालको नेतृत्वमा ६ हजार परिचालन गर्ने प्रहरीको तयारी छ। सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसहित आठ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन २४ मंसिरदेखि काठमाडौंमा सुरु हुँदैछ। वडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशन सकेपछि कांग्रेसको केन्द्रीय महाधिवेशन हुन लागेको हो।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने भएका छन्।
नेपाली कांग्रेसको १४औं महाधिवेशन २४ देखि २६ मंसिरसम्म काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। महाधिवेशनमा सहभागी हुन केन्द्रीय प्रतिनिधि काठमाडौं आउने क्रम सुरु भएको छ।
'महाधिवेशनमा साझा उम्मेदवार तय गरेर जानुपर्ने विषयमा छलफल भयो। दुई दिन भित्र साझा उम्मेदवार चयन विषयमा समझदारी बनेको छ,' छलफलमा सहभागी एक नेताले जानकारी दिए, 'हामी आकांक्षीमध्येबाट एक जना मात्र...