बिहीबार, भदौ ४, २०८३

म सबै नेताकार्यकर्तालाई समेटेर अघि बढ्छु : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा सबै नेताकार्यकर्तालाई समेटेर अघि बढ्ने बताएका छन्। उनले आफू सबैको साझा सभापति भएकाले पार्टीलाई अब त्यही ढङ्गले अघि बढाउने पनि बताए।
 |  शनिबार, पुस १०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १०, २०७८

काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा सबै नेताकार्यकर्तालाई समेटेर अघि बढ्ने बताएका छन्। उनले आफू सबैको साझा सभापति भएकाले पार्टीलाई अब त्यही ढङ्गले अघि बढाउने पनि बताए।

केन्द्रीय कार्यालय सानेपामा शनिबार नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै सभापति देउवाले भने, ‘म सबैको प्रतिनिधित्व गरेर पार्टीलाई अगाडि बढाउन चाहन्छु। आजैका मितिबाट म त्यो विश्वास दिलाउन चाहन्छु। सबैलाई समेटेर, निष्पक्ष रूपमा काम गर्छु, म सबैको सभापति हुँ।’

सभापति देउवाले पार्टीले विभिन्न अवरोध र व्यवधानबीच महाधिवेशन गरेर लोकतान्त्रिक अभ्यासमा अग्रपंक्तिमा स्थापित गरेको दाबी गरे। उनले भने, ‘अब हामी आमनिर्वाचनमा केन्द्रित हुनुपर्छ।’ पार्टीले वडादेखि केन्द्रसम्म स्वतन्त्र रूपमा लोकतान्त्रिक अभ्यास गरेको उनको भनाइ छ। देउवाले भने, ‘यस अर्थमा हाम्रो पार्टी मात्रै साँच्चिकै लोकतान्त्रिक पार्टी हो भन्ने पुष्टि भएको छ।’

अब पार्टीका सामु स्थानीयदेखि रिाष्ट्रिय चुनावसम्म जितेरकांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउनुपर्ने चुनौती रहेको बताए।

प्रकाशित: Dec 25, 2021| 13:45 शनिबार, पुस १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...