काठमाडौं- नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशनबाट सभापति शेरबहादुर देउवा पक्षका नेता कृष्ण प्रसाद यादव विजयी भएका छन्।
प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवलाई १ सय ४१ मतान्तरले पराजित गर्दै कृष्ण विजयी भएका हुन्। देउवा पक्षीय नेता कृष्णले ९ सय ९६ मत पाउँदा विमलेन्द्र निधि र शेखर कोइराला समूहको साथ पाएका रामसरोजले ८ सय ५५ मत पाए।
प्रथम प्रदेश अधिवेशनबाट प्रदेश कार्यसमिति चयनका लागि बुधबार बिहान ९ बजेर ४० मिनेट देखि साझ ८ बजे सम्म मतदान भएको थियो। सो मतदानमा १ हजार ९३८ मतदाता मध्ये १ हजार ८८१ मत खसेको थियो। भने बदर मत संख्या ३० रहेको प्रदेश निर्वाचन समितिले जनाएको छ। अन्य पदाधिकारीको मतगणना हुँदैछ।