बिहीबार, भदौ ४, २०८३

माओवादी स्थायी कमिटीमा दाहालको राजनीतिक प्रतिवेदन पेस

शुक्रबार बिहान पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन छलफलका लागि पेश गरेका हुन्।
 |  शुक्रबार, पुस ९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ९, २०७८

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पार्टी स्थायी कमिटी बैठकमा पेस गरेका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा  शुक्रबार बिहान बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन छलफलका लागि पेस गरेका हुन्। 

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ। सोही सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन अध्यक्ष दाहालले शुक्रबार बिहान बसेको स्थायी कमिटी बैठकमा पेश गरेका पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

उनले सो प्रतिवेदनमाथि छलफल गर्न अपरान्ह ३ बजेपछि बैठक पुनः बोलाइएको पनि बताएका छन्। उनले भने, ‘पर्सीदेखि सम्मेलन सुरु हुँदैछ, तपाईहरुलाई थाहा छ। अध्यक्ष कमरेडले डकुमेन्ट प्रस्तुत गर्नुभयो। प्रस्तुत मात्रै भएको छ। त्यसमा हामी छलफल गर्ने क्रममा छौं। त्यसका लागि ३ बजे फेरी बैठक बस्दैछ।’


प्रकाशित: Dec 24, 2021| 14:35 शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...