बिहीबार, भदौ ४, २०८३

महाधिवेशनको नाराअनुसार पार्टीलाई अघि बढाउने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले महाधिवेशनको नाराअनुसार पार्टीलाई अघि बढाउने निर्णय गरेको छ।
 |  शनिबार, पुस १०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १०, २०७८

काठमाडौं– नेपाली कांग्रेसले महाधिवेशनको नाराअनुसार पार्टीलाई अघि बढाउने निर्णय गरेको छ। पार्टीको १४ औँ महाधिवेशनमा निर्वाचित कार्यसमितिको शनिबार बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिएका हुन्। चौधौं महाधिवेशनको नारा ‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरण सफल बनाऔं १४ औं महाधिवेशन’ थियो।

बैठकले महाधिवेशन सम्पन्न बनाउन लागिपर्ने सबैलाई धन्यवाद दिने सकंल्प प्रस्ताव पारित गरेको छ। राष्ट्रियसभामा निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारका हकमा सभापतिको हस्ताक्षर प्रयोग गर्ने अधिकार प्रत्यायोजन गर्ने निर्णय बैठकले गरेको छ।

बैठकले निर्वाचन आयोगमा दल दर्ताका लागि मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मा दिन निर्णय गरेको महामन्त्री थापाले जानकारी दिए।

प्रकाशित: Dec 25, 2021| 14:29 शनिबार, पुस १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...