बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • न्यायाधीश मीरा खड्काको दाबी- मेरो दुइटा जन्ममिति छैन, न्यायपरिषद्‍को त्रुटि हो

न्यायाधीश मीरा खड्काको दाबी- मेरो दुइटा जन्ममिति छैन, न्यायपरिषद्‍को त्रुटि हो

न्याय परिषद्‍मा राखिएको शैक्षिक प्रमाणपत्रसमेतका अभिलेखमा आफ्नो जन्म मितिको पूर्ण र यथार्थ विवरण उल्लेख भएको तर आफूले जन्ममिति कहिल्यै पनि फेरबदल नगरेको उनको दाबी छ।
 |  शुक्रबार, पुस ९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ९, २०७८

काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्काले आफ्ना दुई खाले जन्ममिति नभएको र आफूले कहिल्यै पनि जन्ममिति नसच्याएको दाबि गरेकी छन्। शुक्रबार प्रेस विज्ञप्ति जारी गरी न्यायाधीश खड्काले यस्तो दाबी गरेकी हुन्। 

न्याय परिषद्‍मा राखिएको शैक्षिक प्रमाणपत्रसमेतका अभिलेखमा आफ्नो जन्म मितिको पूर्ण र यथार्थ विवरण उल्लेख भएको तर आफूले जन्ममिति कहिल्यै पनि फेरबदल नगरेको उनको दाबी छ।

'न्याय परिषद्‍द्वारा राखिएको शैक्षिक प्रमाणपत्रसमेत अभिलेखमा मेरो जन्म मितिको पूर्ण र यथार्थ विवरण नै उल्लेख भएको छ,' न्यायाधीश खड्काले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, 'मैले जन्ममिति सच्याउनुपर्ने कुनै कारण छैन र सच्याएको पनि छैन, तसर्थ मेरो जन्ममिति फरकफरक रहेको भनी निराधार शङ्का गरी प्रकाशन गरिएको समाचार भ्रामक, असत्य र व्यक्तिगत पूर्वाग्रहपूर्ण छ भन्ने तथ्य प्रष्ट पार्न चाहन्छु।'

एसएलसीलगायत आफ्ना सम्पूर्ण शैक्षिक तहका प्रमाणपत्रमा जन्ममिति विसं २०१४ जेठ २ गते भन्ने नै उल्लेख भएको र शाखा अधिकृत पदमा न्याय सेवामा प्रवेश गरेपछि २०३९ सालमा आफूले भरेको निजामति कर्मचारीको नोकरी तथा वैयक्तिक विवरण (सिटरोल) फारममा पनि आफ्नो जन्ममिति सोही रहेको खड्काको दाबी छ। 

'बीचका केही वर्षमा न्याय परिषद् वुलेटिन प्रकाशित हुँदा त्रुटिवश मेरो जन्म मिति २०१३-१०-२८ उल्लेख हुन गएको भएता पनि परिषद् आफैले सो त्रुटि सच्याई २०७१ सालदेखि हाल २०७८ साल पुस ३ गतेसम्म प्रकाशित न्याय परिषद् बुलेटिनमा पनि मेरो वास्तविक जन्म मिति २०१४-०२-०२ भनी उल्लेख गरिएकाले मेरो जन्म मितिको सम्बन्धमा कुनै प्रकारको संशय वा भ्रम रहनुपर्ने कारण छैन,' उनको विज्ञप्तिमा उल्लेख छ। 

न्याय परिषद्ले प्रकाशित गरेको कुनै प्रकाशनमा त्रुटिवश कुनै न्यायाधीशको वैयक्तिक विवरण केही सामान्य फरक लेखिन गएका कुरालाई लिएर न्यायाधीशको वैयक्तिक चरित्रमा प्रश्न उठाइनु उचित नभएको न्यायाधीश खड्काको भनाइ छ। न्यायाधीश खड्काले दुई मितिमा २०१३ माघ २८ र २०१४ जेठ २ मा दुई वटा नागरिकता लिएको भन्ने सार्वजनिक भएको थियो। 

प्रकाशित: Dec 24, 2021| 18:32 शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...