दसैंको उल्लासमा रमाउनुपर्ने रानीगञ्जका स्थानीयको यतिखेर मन खिन्न छ। आइतबार दिनभर प्रहरी र सुकुम्बासी समूहविचको दोहोरो भिडन्तको दृश्यले स्थानीयको मन बेचैन छ।
बुटवलमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमण गरी बस्ने र प्रहरीबीच झडप भएपछि सिंहदरबारस्थित गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ।
औद्योगिक क्षेत्रमा टहरा बनाएर बसेकाहरुलाई प्रहरीले बल प्रयोग गरेपछि आक्रोशित स्थानीयहरुले ढुंगा प्रहार गर्दै आक्रमण गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै केसीले राजनीतिक पार्टीहरुमा स्खलन हुँदा पदीय स्वार्थको खेल भइरहेको बताए। उनले सत्ता र शक्तिमा रहेका पार्टीहरुमा विचलनकै कारण मन्त्री हुनेहरुको लाइन लागेको बताए।