शुक्रबार, कात्तिक २८, २०८२

लुम्बिनीमा १० मन्त्रीको शपथ, मन्त्रिमण्डल १७ सदस्यीय

सरकार गठन भएको करिब दुई महिनापछि मुख्यमन्त्री कुल प्रसाद केसीले मन्त्रिमण्डललाई पूर्णता दिएका हुन्। केसीले जम्बो १७ सदस्यीय मन्त्रिमण्डल बनाएका हुन्।
 |  आइतबार, असोज २४, २०७८

विनोद परियार

विनोद परियार

आइतबार, असोज २४, २०७८

बुटवल- लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल विस्तार भएको छ। सरकार गठन भएको करिब दुई महिनापछि मुख्यमन्त्री कुल प्रसाद केसीले मन्त्रिमण्डललाई पूर्णता दिएका हुन्। केसीले जम्बो १७ सदस्यीय मन्त्रिमण्डल बनाएका हुन्।

National life

संघ र प्रदेशमा गठबन्धनका दलहरुबीच भागबन्डा मिलेपछि आइतबार सात मन्त्री र ३ राज्यमन्त्रीसहित १० जनाले शपथ लिएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीलाई सपथ गराएका हुन्। 

कांग्रेसबाट पाल्पाका वीरबहादुर राना उर्जा, जलश्रोत तथा सिचाईं, बाँकेका सुरेन्द्रबहादुर हमाल वन वातावरण तथा भूसंरक्षण मन्त्री र रुपन्देहीका बसिउद्दिन खाँ शिक्षा विज्ञान युवा तथा खेलकुदमन्त्री भएका छन्।

यस्तै कांग्रेसबाट राज्यमन्त्रीमा दाङका अर्जुनकुमार श्रेष्ठ र कपिलवस्तुकी रिना नेपाल विकले शपथ लिएकी छन्। श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री र रिना पर्यटन, ग्रामीण तथा सहरी विकास राज्यमन्त्री भएकी हुन्। यसैगरि माओवादीबाट बर्दियाका तिलकराम शर्मा आन्तरिक मामिला तथा सञ्‍चार, दाङका इन्द्रजित थारू स्वस्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री भएका छन्।

माओवादीबाट दाङकी विमलाकुमारी वलि खत्री स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री र कपिलवस्तुकी सुष्मा यादव कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री भएकी छन्। नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी रमा घर्ती कानुन, महिला, बाालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भएकी छन्।

Laxmi sunrise bank
kumari

लुम्बिनीमा गत साउन २८ गते माओवादी केन्द्रका केसीको नेतृत्वमा नयाँ सरकार बनेको थियो। माओवादी केन्द्र, कांग्रेस, जसपा र स्वतन्त्र समूहका समेत सहभागी भएर सात सदस्यीय मन्त्रिमण्डल वृद्धि भई १७ सदस्यीय मन्त्रिमण्डल बनेको हो। लुम्बिनी ७ वटै प्रदेशमा सबैभन्दा जम्बो मन्त्रिमण्डल बनेको हो।

लुम्बिनीका नयाँ मन्त्रीहरू 

नेपाली कांग्रेस 

सुरेन्द्र हमाल (बाँके) 

बसिउद्विन खाँन (रूपन्देही ) 

वीर बहादुर राना (पाल्पा) 

राज्यमन्त्री 

अर्जुन श्रेष्ठ (दाङ) 

रिना नेपाल (कपिलबस्तु) 

माओेवादि केन्द्र 

इन्द्रजित थारु (दाङ) 

तिलकराम शर्मा ( बर्दिया) 

राज्यमन्त्री  

 बिमला कुमारी वली (दाङ) 

 सुष्मा यादव (कपिलबस्तु) 

नेकपा एकीकृत समाजवादी 

रमा घर्ती (पाल्पा)

प्रकाशित: Oct 10, 2021| 15:54 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।