बुटवल– बुटवलको मोतीपुरमा झडपमा परी मृत्यु भएर सनाखत नभएका तीनमध्ये दुईजनाको नाम खुलेको छ।
सनाखत नभएका मध्ये रुपन्देहीको शुद्धोधन ५ का विरेन्द्र प्रसाद कुर्मी र नवलपरासी बर्दघाट स्थायी घर भई हाल तिलोत्तमा शंकरनगर बस्ने यूजन कुमाल रहेको प्रहरीले जनाएको छ।
एक जनाको भने अझै परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ। यसअघि हिजो नै कपिलवस्तु बाणगंगा १० का ४८ वर्षिय रमेश परियारको मृत्यु भएको थियो। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले घटनाका बारेमा ४ बजे पत्रकार सम्मेलन गरी जानकारी गराउने बताएको छ।