शुक्रबार, कात्तिक २८, २०८२

रुपन्देहीको मोतीपुरमा गोली चल्यो, केही स्थानीय घाइते

दैनिक रुपमा सयौं नागरिकहरु मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमण गर्न पुगेका स्थानीयहरुमाथि केहि बेरअघि प्रहरीले गोली चलाएर भिड तिरवितर पारेको हो।
 |  आइतबार, असोज २४, २०७८

विनोद परियार

विनोद परियार

आइतबार, असोज २४, २०७८

बुटवल- रुपन्देहीको मोतीपुरमा सुकुम्बासी भनेर जग्गा अतिक्रमण गर्न पुगेका स्थानीयहरुमाथि प्रहरीले गोली चलाएको छ। दैनिक रुपमा सयौं नागरिकहरु मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमण गर्न पुगेका स्थानीयहरुमाथि केहि बेरअघि प्रहरीले गोली चलाएर भिड तिरवितर पारेको हो। 

National life

स्थानीयहरुले ढुंगा मुढाले प्रतिकार गरेका छन्। प्रहरीको गोली लागेर केही स्थानीयहरु घाइते भएको बताइएको छ। अहिले घटनास्थल तनावग्रस्त बनेको छ।

प्रहरीले अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा झडप भएको हो। झडपमा परी दुई जना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

झडपमा प्रहरीले अत्यधिक बल प्रयोग गरी दुई राउण्ड गोली चलाएको स्थानीयले आरोप लगाएका छन्। राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई प्रहरीले पक्राउ गरेको पनि स्थानीयको आरोप छ। 

उक्त क्षेत्रमा मोतीपुर औद्योगिक क्षेत्र स्थापनाका लागि गत चैतमा शिलान्याश भएको थियो। शिलान्यासका बेला पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि स्थानीयले ढुंगा प्रहार गरेका थिए।

Laxmi sunrise bank
kumari


प्रकाशित: Oct 10, 2021| 14:45 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।