बुटवल– गृहमन्त्री बालकृष्ण खाँणको गृहजिल्ला हो रुपन्देही। सोही जिल्लाको मोतीपुरमा आइतबार सुरक्षाकर्मीको गोली प्रहारबाट चार जना सर्वसाधारणले ज्यान गुमाएको घटनापछि सबैको ध्यान त्यसतर्फ सोझिएको छ। यति मात्र होइन, गृहमन्त्रीकै जिल्लामा सुरक्षा संवेदनशीलता अपनाएर संयम बन्नुको साटो नागरिकमाथि बल प्रयोग गरेको भन्दै प्रहरी प्रशासनको आलोचना हुन थालेको छ।
आइतबार दिनभर बुटवल १७ रानीगन्जस्थित ‘मोतीपुर औद्योगिक क्षेत्र’ रणभूमि बन्नेको थियो। बिहानै सुरु भएको तनाव रातिसम्मै कायम थियो। घटनामा जनपद प्रहरी १६, सशस्त्र प्रहरी १९ र सर्वसाधारण १६ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ।
मृत्यु भएकामध्ये एक जना कपिलवस्तु वाणगंगा नगरपालिका १० का ४८ वर्षीय रमेश परियार हुन्। अन्य तीन जनाको आइतबार रातिसम्म पहिचान हुन नसकेको सुरक्षा अधिकारीहरुले बताएका छन्।
गोली लागेर घाइते भई भैरहवास्थित युनिभर्सल मेडिकल कलेज अफ शिक्षण अस्पतालमा उपचारका क्रममा परियारको मृत्यु भएको हो भने पहिचान नभएका ३ जनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको थियो।
‘घटनाको प्रारम्भिक प्रकृतिले प्रशासनले ज्यादै बल प्रयोग गर्दा निहत्था नागरिकले ज्यान गुमाउनुपरेको छ। जीवनभन्दा जमिनको मूल्य हुँदैन, नागरिकको जीवन लिएर जमिन जोगाउनु पर्दैन।’
‘घटनाको प्रारम्भिक प्रकृतिले प्रशासनले ज्यादै बल प्रयोग गर्दा निहत्था नागरिकले ज्यान गुमाउनुपरेको छ’, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनाल भन्छन्, ‘जीवनभन्दा जमिनको मूल्य हुँदैन, नागरिकको जीवन लिएर जमिन जोगाउनु पर्दैन।’
उनले सुकुम्बासीका नाममा जग्गा अतिक्रमण गरेको भए पनि त्यसबारे प्रशासनले अभिभावकीय भूूमिका निर्वाह गर्नुपर्नेमा प्रहरी चुुकेको बताए। ‘प्रहरीले जसरी बल प्रयोग गरेर ज्यान लिने काम गर्यो, मानव अधिकारको दृष्टिले स्वीकार्य छैन। गोली चलाएर नागरिकको हत्या गरेर निकास निस्कन्न। वार्ताबाट समस्या समाधान गर्न हाम्रो आग्रह छ’, खनालले भने।
नागरिक समाज तथा अधिकारकर्मीले सरकारी सम्पत्ति संरक्षण गर्ने नाममा सुरक्षा संवेदनशीलता नअपाउनु प्रहरी प्रशासनको कमजोरी औंल्याएका छन्।
प्रहरी प्रशासनले भने त्यसलाई अस्वीकार गर्दै आत्मरक्षाका लागि गोली चलाउनुपरेको जवाफ दिएको छ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सुरक्षा निकायले संवेदनशीलता अपनाउँदाअपनाउँदै सुकुम्बासीका नाममा टहरा बनाएकाहरुले पेट्रोल बम प्रहार गरेपछि बाध्य भएर अश्रुुग्यास र हवाई फायर गर्नुपरेको बताए।
‘प्रहरीमाथि चारैतिरबाट आक्रमण भयो। पेट्रोल बम र ढुंगा प्रहार हुन थालेपछि आत्मरक्षाकै लागि गोली चलाउनुपरेको हो’, तिवारीले भने। उनले भदौ २८ गतेदेखि नै मोतीपुर औद्योगिक क्षेत्रमा निषेध आदेश जारी गरेर घरटहरा निर्माणमा रोक लगाएको बताए।
प्रशासनले निषेधित गरेको क्षेत्रमा पटकपटक घरटहरा बनाउन थालेपछि हटाउने क्रममा आइतबार एक्कासि प्रहरीमाथि आक्रमण भएको उनको भनाइ छ। उनका अनुसार घरटहरा निर्माण गरेकाहरुले सशस्त्र प्रहरीको अस्थायी बिटमा समेत आगजनी गरेका छन्। आइतबार रातभर मोतीपुर क्षेत्रमा चार सय सुरक्षाकर्मी खटाएको तिवारीले बताए।
किन मोतीपुरमा प्रतिरोध भइरहन्छ
गत २७ फागुन २१ मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ‘मोतीपुर औद्योगिक क्षेत्र’ को शिलान्यास गर्दा स्थानीय बासिन्दा विरोधमा उत्रिएका थिए। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सुरक्षा घेरामै औद्योगिक क्षेत्रको शिलान्यास गर्नुपरेको थियो। शिलान्यास स्तम्भ औद्योगिक क्षेत्रका स्थानीयले तोडफोड गरेका छन्।
औद्योगिक क्षेत्र स्थापना गर्दा वर्षौंदेखि भोगचलन गर्दै आएको थातथलोबाट विस्थापित गराउन लागेको भन्दै स्थानीयले विरोध गरेका हुन्।
नेकपा एमाले बुटवल उपमहानगरका अध्यक्ष बाबुराम पन्थीले विज्ञिप्ति जारी गरी सुकुम्बासीका नाममा औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण भएको भन्दै सार्वजनिक सम्पत्तिको सुरक्षाको माग गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले आफूहरुको माग सम्बोधन नगरेको आरोप स्थानीयको छ। यही बीचमा सरकार परिवर्तन हुुन थालेपछि सुुकुम्बासीका नाममा समूहसमूूह बनाएर औद्योगिक क्षेत्रको जग्गाभित्र धमाधम घरटहरा बन्न थाले। एक महिनादेखि दैनिक रुपमा घरटहरा निर्माणले तीव्रता पाउन थालेपछि प्रहरी प्रशासनले सुकुम्बासीका नाममा भेला हुने समूूहलाई तिरवितर पार्दै आएको थियो।
विभिन्न जिल्लाबाट जग्गाका लागि धाउने बढ्दै गए। प्रशासनले पटकपटक त्यहाँ घरटहरा नबनाउन उर्दी जारी गर्दै आएको थियो।
नेकपा एमाले बुटवल उपमहानगरका अध्यक्ष बाबुराम पन्थीले विज्ञिप्ति जारी गरी सुकुम्बासीका नाममा औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण भएको भन्दै सार्वजनिक सम्पत्तिको सुरक्षाको माग गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए।
रुपन्देहीका प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्वअर्थमन्त्री पौडेलले समेत शनिबार मात्रै रुपन्देही उद्योग संघको साधारणसभा र अधिवेशनमा ‘मोतीपुर औद्योगिक क्षेत्र’ को जग्गा अतिक्रमण हुँदा नि सरकार के हेरेर बसेको छ? भन्दै प्रश्न गरेका थिए। बारम्बार सार्वजनिक कार्यक्रममा प्रश्न उठेपछि प्रहरीले थप सतर्कता अपनाएको थियो।
शनिबार रातिदेखि नै प्रहरीले सुकुम्बासीका अगुवाको खोजी गरेको थियो। त्यही क्रममा आइतबार बिहानै हिमाल रानालाई नियन्त्रणमा लियो। एकातर्फ प्रहरीले बनाएका घरटहरा धमाधम भत्काउन थाल्यो, अर्कोतर्फ राना पक्राउ भएपछि घरटहरा बनाएको समूूह आक्रोशित भयो। त्यहींबाट सुरु भएको विवादले उग्ररुप लिँदै झडपमा परिणत भएको हो।
प्रहरीले अश्रुुग्यास र हवाई फायर गरेपछि प्रतिरक्षामा ढुंगा प्रहार गरेको सर्वसाधरणले बताएका छन्। तर, प्रहरीले भने आन्दोलनकारीले पेट्रोल बम प्रहार गरेकै कारण आत्मरक्षाका लागि बल प्रयोग गर्नुपरेको दाबी गरेको छ।
तिलोत्तमा नगपालिका, बुटवल उपमहानगरपालिका र शुद्धोधन गाउँपालिकाको जग्गालाई एकीकृत गरेर औद्योगिक क्षेत्र निर्माण गर्ने तयारी हो। यो औद्योगिक क्षेत्र निर्माणका लागि करिब १६ अर्ब लाग्ने अनुमान छ।
सूचना दिन कन्जुस्याइँ
घटनामा प्रहरी प्रशासन निकै लामो समयसम्म मौन बस्यो। यतिसम्म सुरक्षा निकायकै दर्जनौं कर्मचारी घाइते हुँदा पनि प्रहरीले मुख खोलेन। पटकपकटको प्रयासपछि सम्पर्कमा आएका रुपन्देहीका प्रहरी प्रमुख मनोज केसी आफूू जिल्लाबाहिर रहेको भन्दै सूूचना दिनबाट टाढिए। यस्तै प्रदेश प्रहरी प्रमुखसहित कुनै पनि सुरक्षा निकायका अधिकारी घटनाबारे विस्तृतमा बताउन चाहँदैनन्।
मोतीपुर क्षेत्रको तनावपूर्ण अवस्थाको समाचार संकलनमा गएका सञ्चारकर्मीमाथि प्रहरी र आन्दोलनकारीबाट दुर्व्यवहार भएको थियो। त्यति मात्रै होइन आन्दोलनकारीको आक्रमणबाट लुम्बिनी टीभी र बुटवल एफएममा कार्यरत सञ्चारकर्मी विश्व ज्ञवालीको टाउकोमा गम्भीर चोट लागेको छ। धेरैको प्रश्न छ, सुरक्षा संवेदनशीलतामाथि चुनौती रहँदा पनि प्रहरी प्रशासन किन मौन बस्यो?