बुटवल- रुपन्देहीको मोतीपुरमा जग्गा अतिक्रमण विवादका विषयमा झडप भएपछि प्रहरीले गोली चलाएको हो। प्रहरीले चलाएको गोली लागेर १४ सर्वसाधारण घाइते भएका छन्।
जग्गा अतिक्रमण कपिलवस्तु बाणगंगा नगरपालिका १० बस्ने बर्ष २० का रमेश परियार गोली प्रहारबाट घाइते भएका छन्। उनको बायाँ खुट्टाको साप्रामा गोली लागेको छ। जग्गा अतिक्रमणका लागि उनी कपिलवस्तुबाट मोतीपुरमा आएका हुन्। उनलाई थप उपचारका लागि भैरहवा रिफर गरिएको छ।
यस्तै तिनाउ गाउँपालि वडा न. २ पाल्पा वर्ष १९ वर्षीय समिर थापाको दुवै खुट्टाको कुर्कुचामा गोली लागेको छ। रुपन्देही सैनामैना ८ बासगढीका ३२ वर्षीय सन्तोष विकको तिघ्रामा, नवलपरासी बर्दघाट ४ बस्ने ३२ वर्षीय विजयी साहनीको कम्मरमा गोली लागेको छ।
बुटवल १७ बस्ने ६२ वर्षीय ज्ञान बहादुर गुरुङ, पाल्पा रिब्दीकोट २ बस्ने ४३ वर्षीय भिम बहादुर शाही, ओमसतिया २ का ६३ बर्षिय मनरुपा मगर र रुपन्देही बुटवल १३ का ३४ बर्षिय रुक बहादुर बुढा (पृथ्वी) सहित १४ जना घाइते भएका छन्।