शुक्रबार, कात्तिक २८, २०८२

मोतीपुर झडप: ४ जनाको मृत्यु, प्रहरीसहित ४० जना घाइते

रुपन्देहीमा बुटवल मोतीपुर औद्योगिक क्षेत्रको प्रहरीसँगको झडपमा चार जनाको मृत्यु भएको छ।
 |  आइतबार, असोज २४, २०७८

विनोद परियार

विनोद परियार

आइतबार, असोज २४, २०७८

बुटवल- रुपन्देहीमा बुटवल मोतीपुर औद्योगिक क्षेत्रको प्रहरीसँगको झडपमा चार जनाको मृत्यु भएको छ। 

National life

भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको अस्पतालका सूचना अधिकारी तेज केसीले पुष्टि गरे। गोली गम्भिर घाइते अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। 

युनिभर्सलमा पाँच जना प्रहरीसहित आठ जना सर्वसाधरणलाई उपचारतका लागि पुर्‍याइएको थियो। यसमध्ये चार जनाको मृत्यु भएको हो। मृत्यु हुने प्रहरी वा नागरिक त्यो खुल्न बाँकी छ। झडपमा पनि प्रहरीसहित कम्तीमा ४० जना घाइते भएको बताइएको छ। तर, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख सहित कुनै पनि निकायले फोन उठाएका छैनन्।

आइतबार दिउँसोदेखि औद्योगिक क्षेत्रमा टहरा बनाएर बसेकाहरुलाई प्रहरीले बल प्रयोग गरेपछि आक्रोशित स्थानीयहरुले ढुंगा प्रहार गर्दै आक्रमण गर्न थालेका हुन्। 

प्रहरी र सर्वसाधरणबीच झडप हुँदा सञ्‍चारकर्मी तथा पत्रकारमाथि आक्रमण र दुव्यर्वहार समेत भएको थियो। मोतीपुर क्षेत्रमा रहेको सशस्त्र प्रहरीको कार्यालयमा आगजनी गरेका छन्। स्थानीयले पेट्रोल बम नै प्रहार गरेको प्रहरीले जनाएको छ। 

Laxmi sunrise bank
kumari

मोतीपुर क्षेत्र निकै तनावग्रस्त भएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कर्फ्यु लगाएको छ। आईतबार ४ बजेदेखि अर्को सूचना जारी नहुँदासम्म पूर्व बुटवल १७ शिवनगरदेखि  वडा न. १८ सौरहियासम्म, पश्चिम हरिहरपुरको खेतीयोग्य जमिन, उत्तर शिवनगर रानीगञ्‍ज बस्ती र दक्षिण औद्योगिक क्षेत्रको जमिनसम्म कर्फू लगाएको हो। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सूचना जारी गरि कर्फ्यु आदेश जारी गरेका हुन्।

प्रकाशित: Oct 10, 2021| 19:13 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।