मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कपिलवस्तुको बहादुरगन्जमा हैजा फैलिएको पुष्टि

कपिलवस्तुको कृष्णनगर नगरपालिकको तीन वटा वडामा हैजा फैलिएको पुष्टि भएको छ।
 |  आइतबार, असोज ३१, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३१, २०७८

बुटवल– कपिलवस्तुको कृष्णनगर नगरपालिकको तीन वटा वडामा हैजा फैलिएको पुष्टि भएको छ। गत असोज १८ देखि कृष्णगनरको ७, ८ र ९ नम्बर वडामा झाडापखाला फैलिएपछि गरिएको दिसाको नमुना परीक्षणमा हैजाको जीवाणु फेला परेको स्वास्थ्य कार्यालय कपिलबस्तुले जनाएको छ।

triton college

विश्व स्वास्थ्य संगठनको समन्वयमा २१ जना बिरामीको दिशा संकलन गरी परीक्षण गर्दा सो तथ्य फेला परेको स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले बताए। काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा चार जनामा हैजाको जीवाणु फेला परेको उनले बताए।

झाडापखालाबाट हालसम्म चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४५ वर्षीय पुरुष, ७ वर्षीय र २ वर्षीय बालक तथा पाँच वर्षीय बालिका छन्। 

२१ नमुनामध्ये ५५ वर्षीय दुई पुरुष, ७२ वर्षीय एक पुरुष तथा पाँच वर्षीय बालिकामा हैजाको जीवाणु भेटिएको कार्यालयले जनाएको छ।

झाडापखालाबाट हालसम्म चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४५ वर्षीय पुरुष, ७ वर्षीय र २ वर्षीय बालक तथा पाँच वर्षीय बालिका छन्। यस्तै अहिलेसम्म ८८५ जना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये २५ जनाको शिवराज अस्पतालमा उपचार भइरहेको छ भने ८१८ जना निको भई डिस्चार्ज भएका छन्। 

स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार पानीको प्रदूषण जाँच गर्न २० गते विभिन्न स्थानबाट ४ वटा नमुना संकलन गरिएको थियो। तीमध्ये एउटा नमुनामा दिसामा पाइने जीवाणु भेटिएको थियो। खानेपानी संस्थान बहादुरगन्जसँग समन्वय गरी पानी प्रदूषण हुन सक्ने कारणबारे खोजबिन गरिएको स्वास्थ्य प्रमुख पाण्डेयले बताए। 

Metro Mart
vianet

असोज २२ गतेदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट खटिएको टोलीले थप अनुसन्धानका लागि विभिन्न क्रियाकलाप गर्दै आएको छ। ‘खुला रुपमा गरिने दिसापिसाब तथा कमजोर सरसफाइको कारण पानी प्रदूषित भई यस किसिमको समस्या भएको हुनसक्ने सम्भावना प्रबल छ’, स्वास्थ्य कार्यालयले आइतबार जारी गरेको विज्ञप्ति उल्लेख छ। 

प्रकोप नियन्त्रणको अवस्थामा रहे पनि पूर्णरुपमा हटिनसकेको स्वास्थ्य कार्यालयले जनाएको छ। पानी उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न र गराउन, व्यक्तिगत सरसफाइ तथा चाडबाडको समयमा खानेकुराको सरसफाइलाई विशेष ध्यान पुयाउन समेत कार्यालयले अपिल गरेको छ।

प्रकाशित: Oct 17, 2021| 19:09 आइतबार, असोज ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।