मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

प्रचण्डले गरे मधेश रिझाउन हिन्दीमै भाषण

दलहरु आगामी निर्वाचन केन्द्रीत गतिविधि र अभियानमा संलग्न भइहरेको बेला प्रचण्डले हिन्दीमा गरेको भाषण पनि त्यसैको एउटा उदाहरण हो।
 |  शनिबार, असोज २३, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असोज २३, २०७८

बुटवल- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) शनिबार पाल्हीनन्दन गाउँपालिकाको नवनिर्मित कार्यालय भवनको उद्घाटनका लागि पश्चिम नवलपरासी आए। उनी हेलिकप्टर चढेर भवन उद्घाटनका लागि आएका हुन्।

triton college

मधेशी समुदायको बसोबास रहेको यो क्षेत्रमा गाउँपालिकाको भवन उद्घाटन समारोहलाई प्रचण्डले हिन्दी भाषामै भाषण गरे। मधेशी समुदायको मन जित्‍न प्रचण्डले हिन्दीमै भाषण गरेका हुन्। दलहरु आगामी निर्वाचन केन्द्रीत गतिविधि र अभियानमा संलग्न भइहरेको बेला प्रचण्डले हिन्दीमा गरेको भाषण पनि त्यसैको एउटा उदाहरण हो।

सम्बोधनमा प्रचण्डले भने, ‘मेरो मधेशी जनतासँग प्रेम छ, यो प्रेम तोड्न बेलाबेलामा खलनायकहरु आउछन तर म मधेशी जनतासँग टाढा रहेनेछैन, जबसम्म मधेशी समुदायले पूर्ण अधिकार पाउँदैन, पहिचान पाउँदैनन्।’  उनले मधेशी जनताको नागरिकताका समस्या चाँडै सामाधान हुने समेत आवश्वासन दिलाए।

मधेशको समस्या समाधान गर्नकै लागि माओवादी केन्द्रले ससशस्त्र र शान्तिपूर्ण दुवै हिसाबले संघर्ष गरेको बताउँदै संविधान संशोधन गर्न पनि तयार रहेको बताए । विगत लामोसमयदेखि नागकिरता नपाएर समस्या भोग्दै आएको उल्लेख गर्दै भने, ‘अधिकांश मधशी जनताहरुलाई यस गठबन्धनको सरकारले छिटै नागरिकता वितरण गर्नेछ।’

अध्यक्ष प्रचण्डले सुकुम्बासीलाई पनि छिटै लालपुर्जा वितरण गर्ने बताए। ‘मधेशमा भूमिको समस्या छ, त्यसैले भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय हामीले नै लिएका छौं,’ उनले भने, ‘सुकुम्बासीका समस्या दिर्घकालिन रुपमा सामाधान गरिनेछ ।’  गाउँगाउँमा सिंह दरबार आएको भन्दै गाउँपालिकाको विकासमा आफू सहयोगी हुन तयार रहेको बताए।

Metro Mart
vianet

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले पालिकालाई आवश्यक बजेट र कार्यक्रम प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे। पाल्हीनन्दनले प्रशासनिकक भवन ९ करोड,३४ लाख ९९ हजार रुपैयाँको लागतमा निर्माण भएको गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताले जानकारी दिए।

प्रकाशित: Oct 09, 2021| 21:18 शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।