शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनीमा आजै मन्त्रिपरिषद् विस्तार, कांग्रेसले टुंग्यायो मन्त्रीको नाम

लुम्बिनीमा आजै मन्त्रिपरिषद् विस्तार, कांग्रेसले टुंग्यायो मन्त्रीको नाम

नेपाली कांग्रेसले मन्त्रीहरूको नामावली टुंग्याउन नसक्दा शुक्रबार स्थगित भएको लुम्बिनी प्रदेशमा आइतबार मन्त्रिपरिषद् विस्तार हुने भएको छ।
 |  आइतबार, असोज २४, २०७८

विनोद परियार

विनोद परियार

आइतबार, असोज २४, २०७८

बुटवल– नेपाली कांग्रेसले मन्त्रीहरूको नामावली टुंग्याउन नसक्दा शुक्रबार स्थगित भएको लुम्बिनी प्रदेशमा आइतबार मन्त्रिपरिषद् विस्तार हुने भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले दिउँसो ३ बजेका लागि शपथको समय तय गरेको जनाएको छ। नेकपा एकीकृत समाजवादीलाई समेत समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो। 

National life

माओवादीबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मा  मन्त्री बन्नेछन्।  नेकपाबाट उपचुनाव जितेर पछि माओवादी केन्द्र रोजेकी सांसद विमलाकुमारी वली राज्यमन्त्री बन्नेछिन्। यसअघि मन्त्रिपरिषद् विस्तारका बेला नै वलीलाई राज्यमन्त्री बनाउने चर्चा थियो। 

माओवादी केन्द्रले मुख्यमन्त्री, आर्थिक मामिला तथा सहकारी, सञ्चार, कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय पाएको छ। माओवादीले पाएका चार मन्त्रालयमध्ये एक मन्त्रालय नेकपा (एकीकृत समाजवादी) लाई दिएर मन्त्रिपरिषद विस्तार गर्न लागेको मुख्यमन्त्री सचिवालयले जनाएको छ। 

नेकपा (एकीकृत समाजवादी) बाट पाल्पाकी रमा घर्ती मन्त्री बन्नेछिन्। 

नेपाली कांग्रेसबाट वन वातावरण तथा भूसंरक्षण मन्त्रीमा बर्दियाका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुदमन्त्रीमा रूपन्देहीका बसिउद्धिन खाँ मन्त्री बन्नेछन्। यस्तै एक मन्त्रीमा वीरबहादुर रानाको नाम टुंगिएको बताइएको छ।

Laxmi sunrise bank
kumari

तर, कांग्रेसका प्रमुख सचेतक फकरुद्विन खाँनले १२ बजेपछि मात्रै नाम सार्वजनिक गर्ने बताए। राज्यमन्त्रीमा रिना नेपाल विश्वकर्माको नाम समावेश गर्न नेतृत्वलाई दबाब परेको कांग्रेसका एक नेताले बताए। तर, राज्यमन्त्रीमा सचेतक निर्मला क्षेत्रीले समेत दाबी गरेकी थिइन्। कांग्रेसले मन्त्रीको नाम टुंग्याएकाले शपथ ग्रहण हुने काग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले बताए। 

 कांग्रेसले पर्यटन ग्रामीण तथा सहरी विकासमन्त्रीमा यसअघि नै दाङका डिल्लीबहादुर चौधरीलाई पठाएको थियो।

प्रकाशित: Oct 10, 2021| 10:17 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।