शुक्रबार, मंसिर २२, २०८०

मोतीपुर घटनामा पत्रकार आक्रमणको चौतर्फी विरोध

रुपन्देहीको बुटवल–१७ स्थित मोतीपुर औद्योगिक क्षेत्रमा समाचार संकलनमा गएका सञ्चारकर्मीमाथि आन्दोलनकारीले आक्रमण गरेका छन्।
 |  आइतबार, असोज २४, २०७८
averest bankaverest bank

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

बुटवल– रुपन्देहीको बुटवल–१७ स्थित मोतीपुर औद्योगिक क्षेत्रमा समाचार संकलनमा गएका सञ्चारकर्मीमाथि आन्दोलनकारीले आक्रमण गरेका छन्। प्रहरी र सुुकुम्बासीका नाममा जग्गा अतिक्रमण गरेका नागरिकबीच झडपका विषयमा समाचार संकलनमा गएका बेला सञ्चारकर्मी विश्व ज्ञवालीलाई आक्रमण भएको हो।

sagarmatha cement

आइतबार दिउँसो समाचार संकलनका क्रममा खटिएका लुम्बिनी टेलिभिजन र बुटवल एफएममा कार्यरत सञ्चारकर्मी  ज्ञवाली आन्दोलनकारीको आक्रमणबाट घाइते भएका छन्। उनको टाउकोमा गहिरो चोट लागेको छ। 

घाइते ज्ञवालीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।  पत्रकारहरुमाथि प्रहरी र आन्दोलनकारीले अभद्र व्यवहार गर्दै रिपोर्टिङमा रोक लगाएका थिए। 

नेपाल पत्रकार महासंघ रुपन्देहीले विज्ञप्ति जारी गरी समाचार संकलनमा खटिएका सञ्चारकर्मीमाथि आक्रमण गरी समाचार संकलनमा लगाएको रोकप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समाचार संकलनमा लगाइएको रोकको भत्र्सना गर्दै सहज रुपमा समाचार संकलनको वातावरण मिलाउन महासंघले माग गरेको छ। 

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश, प्रेस युनियन रुपन्देही, राष्ट्रिय दलित पत्रकार संघ नेपाल लगायतका संगठनले सञ्चारकर्मी आक्रमणको निन्दा गरेका छन्। मोतीपुर क्षेत्रमा केही समयदेखि सुकुम्बासीका नाममा मोतीपुर औद्योगिक क्षेत्रमा घरटहरा बनाउने क्रम बढ्दै गएको थियो। सोही क्रममा आइतबार प्रहरीले टहरा हटाउन थालेपछि झडप भएको थियो।

worldlink

प्रकाशित: Oct 10, 2021| 22:00 आइतबार, असोज २४, २०७८
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।