बुटवल- पूर्वी नवलपरासीको प्रस्तावित बुलिङटार जेसिजले विभिन्न पेशामा रहेकाहरूलाई सम्मान गरेको छ। बिहीबार दसैंको अवसर पारी जन्मथलो बुलिङटार आएको मौका पारी जेसिजले सञ्चार, शिक्षा, स्वास्थ्य र प्रहरी सेवामा कार्यत चार जनालाई सम्मान गरेको हो।
बुटवलमा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशील नेपाल समयका सहकर्मी विनोद परियार, पूर्व जिल्ला शिक्षा अधिकारी तथा गण्डकी प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्क बहादुर कमाल, सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र पाटा र चितवन मेडिकल कलेजका प्राद्यापक पशुपति रानाभाटलाई सम्मान गरिएको हो।
उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलाशका न्यायाधिश ध्रुवराज नन्द र प्रस्तावित बुलिङटार जेसिजका अध्यक्ष सन्दीप श्रेष्ठले दोसल्ला ओढाएर सम्मान गरेका हुन्।