शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • मोतीपुर घटना : प्रहरीसहित ७४ जना घाइते, चार प्रहरीलाई हेलिकप्टरमार्फत काठमाडौं लगियो

मोतीपुर घटना : प्रहरीसहित ७४ जना घाइते, चार प्रहरीलाई हेलिकप्टरमार्फत काठमाडौं लगियो

टवलको मोतीपुरमा आइतबार भएको झडपमा परी घाइते भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका ४ जना जवानलाई उपचारका लागि काठमाडौं लगिएको छ।
 |  सोमबार, असोज २५, २०७८

विनोद परियार

विनोद परियार

सोमबार, असोज २५, २०७८

बुटवल– बुटवलको मोतीपुरमा आइतबार भएको झडपमा परी घाइते भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका ४ जना जवानलाई उपचारका लागि काठमाडौं लगिएको छ। सुकुम्बासीका नाममा समूह बनाएर घरटहरा बनाएकाहरुसँगको दोहोरो झडपमा परी सशस्त्र, जनपद प्रहरी र सर्वसाधारणसहित ७४ जना घाइते भएका हुन्। 

National life

झडपमा परी गम्भीर घाइते भएका नेपाल प्रहरीका दुई र सशस्त्रका प्रहरीका दुई जना गरी चार जना थप उपचारका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए। 

इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत २८ वर्षका प्रहरी जवान जयप्रकाश थारु र दंगा प्रहरी नियन्त्रण सुनवलमा कार्यरत प्रहरी जवान यज्ञराज पुन मगरलाई उपचारका लागि काठमाडौं पठाइएको हो। 

सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत ३६ वर्षीय हवल्दार तिलकबहादुर धामी र ३६ वर्षका जवान खुसीराम चौधरीलाई काठमाडौं पठाइएको सशस्त्र प्रहरीले जनाएको छ। 

नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ५६ जना सुरक्षाकर्मी घाइते भएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका ३३ जना घाइते भएका छन्। घाइते भएका अन्य प्रहरी भने उपचारपछि डिस्चार्ज भएको प्रहरी प्रमुख केसीले बताए। काठमाडौं रिफर गरिएका ४ जनाको नेपाल एपीएफ अस्पताल बलम्बु काठमाडौंमा उपचार हुनेछ।  

Laxmi sunrise bank
kumari

झडपमा परी मध्यम घाइते भएकाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भैरहवा मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ। आइतबार मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा सुकुम्बासी नाममा समूह बनाएर घरटहरा बनाएहरुसँग सुरक्षाकर्मीसँग झडप भएको हो। अहिले पनि प्रशासनले कर्फ्यु  हटाएइको छैन। घटनास्थल मोतीपुरमा  बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।

प्रकाशित: Oct 11, 2021| 14:36 सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।