प्रदेशसभाबाट पारित भएको कर्णाली कृषि व्यवसाय प्रवर्द्धन ऐन, २०७९ मा खेती नगरी कानुनले तोकेको अवधिसम्म बाँझो रहेको जग्गा सम्बन्धित जग्गाधनीको मञ्जुरीमा प्रदेश सरकारले करार सम्झौता गरी प्रयोगमा ल्याउन सक्ने व्यवस्था...
कर्णाली राजमार्गका दुई ठाउँमा ३६ घण्टा अवरुद्ध हुने भएको छ। कर्णाली राजमार्गमा बनेका पक्की पुलको भार क्षमता जाँच गर्नका लागि राजमार्ग अवरुद्ध गर्न लागिएको हो।
डिभिजन वन कार्यालय सुर्खेतको हिरासतमा मृत्यु भएका व्यक्तिका परिवारले तीन दिनपछि शव बुझेका छन्। वनसम्बन्धी मुद्दामा पक्राउ परेका वीरेन्द्रनगर-१३ का ५८ वर्षीय धनीराम लामिछानेको हिरासतभित्र मृत्यु भएको थियो।
सुर्खेतको विरेन्द्रनगर नगरपालिका–६ सुर्खेतको बीच बजारमा अवस्थित जन नमूना माविले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेत र सञ्चारमाध्यमले लगाएको आक्षेप निराधार भएको बताएको छ।
कर्णाली प्रदेश, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथग्रहण गर्ने भएका छन् । उनी गत बिहीबार मन्त्रीमा नियुक्त भएका थिए।
मुख्यमन्त्री जीवनबहादुर शाहीले बिहीबार नेपालको संविधानको धारा १६८ (९) बमोजिम नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य शाहीलाई मन्त्री पदमा नियुक्त गरेको थियो।
उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयमा भर्ना गर्दा विद्यार्थीबाट शुल्क नलिन फैसला गरेको छ। न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र मोहम्मद जुनैद आजादको संयुक्त इजलासले आज सुर्खेतमा रहेका सामुदायिक विद्यालयहरुलाई विद्यार्थीहरुबाट भर्ना शुल्क...
प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म १० लाख ७७ हजार पाँच सय २८ ले खोपको पहिलो मात्रा तथा १० लाख ४६ हजार सात सय ४९ जनाले...