मंगलबार, पुस १, २०८२

कालीकोटमा चार दिनदेखि विद्युत् अवरुद्ध

कालीकोट जिल्लामा चार दिनदेखि विद्युत् अवरुद्ध भएको छ। आइतबारदेखि गएको विद्युत् सेवा आजसम्म आउन सकेको छैन। विद्युत् सेवा अवरुद्ध हुँदा यहाँका नागरिक, सरकारी कार्यालय, सेवाग्राही र सञ्चारमाध्यमले सास्ती खेप्नु परेको छ।
 |  बुधबार, भदौ ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ८, २०७९

कालीकोट- कालीकोट जिल्लामा चार दिनदेखि विद्युत् अवरुद्ध भएको छ। आइतबारदेखि गएको विद्युत् सेवा आजसम्म आउन सकेको छैन। विद्युत् सेवा अवरुद्ध हुँदा यहाँका नागरिक, सरकारी कार्यालय, सेवाग्राही र सञ्चारमाध्यमले सास्ती खेप्नु परेको छ। 

National life

दैलेखको आठबिस नगरपालिकाकामा माथिल्लो कर्णाली जलविद्युत् परियोजना निर्माणका लागि कालिका सामुदायिक वन र सल्लेरी सामुदायिक वनमा रुख कटान गर्दा १४ पोलमा क्षति भएकाले विद्युत् सेवा अवरुद्ध भएको कालीकोट वितरण केन्द्रका प्रमुख नारायणप्रसाद पौडेलले जानकारी दिए। उनले भने्, 'विद्युत् सेवालाई सुचारु गर्न रुखले पुर्‍याएको क्षति र तारमा आएको समस्याले निकै कठिन भइरहेको छ।'

जिल्लामा गत आर्थिक वर्ष दैलेखको दुल्लु हुँदै कालीकोट विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुगेको थियो। विद्युत् सेवा अवरोध हुँदा सबैभन्दा बढी सामुदायिक रेडियोहरु मारमा परेको छ।

सामुदायिक रेडियोहरूले आफ्नो प्रसारण समयसमेत कटौती गर्नुपरेको रेडियो नयाँ कर्णालीका स्टेशन म्यानेजर भरतराज विष्टले बताए। 'वैकल्पिकरूपमा हामीले सौर्य ऊर्जाको प्रयोग गर्दै आएका थियौँ। बर्साततका कारणले घाम नलाग्ने भएकाले त्यो माध्यममा समस्या आएको छ,'उनले भने, 'विद्युत् नहुँदा दैनिक १६ घण्टा प्रसारण हुने रेडियोलाई १० घण्टामा सीमित गरेका छौँ।'

विद्युत् सेवा अवरुद्ध हुँदा बैकिङ सेवा र सरकारी कार्यालयमा समस्या सेवा लिन आउने सेवाग्राही पनि मर्कामा परेका छन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 24, 2022| 22:55 बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।