बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • माओवादीका दुई सांसद मन्त्रीमा नियुक्त, कर्णालीमा बन्यो नयाँ रेकर्ड

माओवादीका दुई सांसद मन्त्रीमा नियुक्त, कर्णालीमा बन्यो नयाँ रेकर्ड

मुख्यमन्त्री शाहीले आर्थिक मामिला तथा योजनामन्त्रीमा कृष्णा शाहलाई जिम्मेवारी दिएका छन्। यस्तै, ऊर्जा विकास तथा जलस्रोतमन्त्रीमा रातो कामीले नियुक्ति पाएका छन्।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

काठमाडौं- नेकपा (माओवादी केन्द्र)को सिफारिसमा दुई जना सांसद मन्त्री पदमा नियुक्त भएका छन्। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले उनीहरूलाई मन्त्री पदमा नियुक्त गरेका हुन्। 

National life

मुख्यमन्त्री शाहीले आर्थिक मामिला तथा योजनामन्त्रीमा कृष्णा शाहलाई जिम्मेवारी दिएका छन्। यस्तै, ऊर्जा विकास तथा जलस्रोतमन्त्रीमा रातो कामीले नियुक्ति पाएका छन्। शाह जाजरकोटबाट समानुपातिक र कामी रुकुमपश्चिमबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन्। 

भाग पुर्‍याउने पार्टीको नीतिअनुसार कर्णाली प्रदेशका दुई जना मन्त्रीलाई माओवादीले आइतबार राजीनामा गराएको थियो। आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई राजीनामा गराएर कामी र शाहलाई मन्त्री बनाउन मुख्यमन्त्री जीवनबहादुर शाहीलाई माओवादीको सिफारिस थियो। शुक्रबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले यस्तो निर्णय लिएको थियो।

सुरुमा १३ जना सांसद भएको माओवादी केन्द्रसँग अहिले ११ जना मात्रै सांसद छन्। सुर्खेतबाट निर्वाचित ठम्मर विष्ट र दैलेखबाट निर्वाचित धर्मराज रेग्मीले माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेपछि उनीहरूले सांसद् पद गुमाएका छन्। माओवादी केन्द्रबाट निर्वाचित पुष्पा घर्तीमगर उपसभामुख छिन्। 

माओवादीका ११ जना सांसदमध्ये एकजना मुख्यमन्त्रीसहित ८ जना सांसद यसअघि नै मन्त्री भइसकेका थिए। सोमबार दुई सांसद पनि मन्त्री बनेपछि कर्णाली माओवादीले आफ्नो दलका सबै सांसदलाई मन्त्री बनाएर रेकर्ड बनाएको हो। माओवादीले थप एक जना गैरसांसद कार्चेन लामालाई पनि मन्त्री बनाएको थियो।

Shivam cement

यसअघि माओवादीबाट महेन्द्रबहादुर शाही मुख्यमन्त्रीसहित नरेश भण्डारी, विमला केसी, सीता नेपाली, गोपाल शर्मा, विन्दमान विष्ट, गणेशप्रसाद सिंह र वीरबहादुर शाही मन्त्री भइसकेका थिए।

प्रकाशित: Aug 29, 2022| 18:55 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।