आइतबार, फागुन १७, २०८२

कर्णालीमा जग्गा वर्गीकरणमा ढिलाइ

हरेक स्थानीय तहले जग्गालाई बसोबास, आवास, कृषि लगायतका १० क्षेत्रमा वर्गीकरण गर्नुपर्ने छ। तर कर्णालीका स्थानीय तहले त्यसको प्रक्रिया सुरु गर्न सकेका छैनन्।
 |  बिहीबार, असोज ६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९

सुर्खेत- भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठ २३ मा भू-उपयोग नियमावली २०७९ राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याएको छ। सबै मातहतका कार्यालयमा सो सम्बन्धी पत्राचारसमेत जारी गरिसकेको छ। 

हरेक स्थानीय तहले जग्गालाई बसोबास, आवास, कृषि लगायतका १० क्षेत्रमा वर्गीकरण गर्नुपर्ने छ। तर कर्णालीका स्थानीय तहले त्यसको प्रक्रिया सुरु गर्न सकेका छैनन्। 

सुर्खेतको चौकुने गाउँपालिकाले भने जग्गा वर्गिकरण पक्रिया सुरु गरिए पनि विविध समस्याका कारण त्यो काम सुरु नभएको जानकारी दिएको छ। गाउँपालिका अध्यक्ष खड्क विकले जग्गा वर्गिकरणको लागि समिति गठन गरिएको जानकारी दिँदै अहिले पालिकामा बाढीपहिरोका कारण काम स्थगित गरिएको बताए। 

उनले भने, 'हामीले प्रत्येक वडामा जग्गा वर्गिकरण गर्न भन्दै समिति गठन गरेका छौँ। तर हालै आएको बाढीपहिरोका कारण त्यो काम अगाडि बढेको छैन।' जग्गा वर्गीकरणको लागि कुनै पनि काम सुरु नभएको भन्दै अब चाडपर्व सकिएपछि मात्रै सुरु हुने जाजकोट भेरी नगरपालिका उपप्रमुख सीता जैसीले बताइन्।

उनले भने, 'केन्द्र सरकारको सर्कुलर अनुसार काम गर्ने तयारीमा छौँ। तर ठूला चाडपर्व नजिकै आएको हुँदा अब यो सबै काम दसैँ तिहारपछि मात्रै सुरु हुन्छ।'

kumari

जाजरकोटकै कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले पनि अहिले जनशक्ति अभाव भएको भन्दै निर्वाचनपछि मात्रै पालिकाभित्रको जग्गा वर्गिकरणको काम सुरु हुने बताए। 'हामीसँग कर्मचारीको अभाव पनि छ, विशेष गरी प्राविधिक तर्फका कर्मचारी नहुँदा समस्या भइरहेको छ।'

कालीकोटको खाँडाचक्र नगरपालिका उपप्रमुख गणेशबहादुर शाही पनि अब जग्गा वर्गिकरणको लागि प्रक्रिया सुरु गरिने बताउँदै त्यसको लागि छलफल सुरु भएको बताए।   -रासस

प्रकाशित: Sep 22, 2022| 07:20 बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।