मंगलबार, पुस १, २०८२

कर्णालीमा माओवादीका दुई मन्त्रीले राजीनामा दिए

कर्णाली सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका दुईजना मन्त्रीले राजीनामा दिएका छन्।
 |  आइतबार, भदौ १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १२, २०७९

काठमाडौं– कर्णाली सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका दुईजना मन्त्रीले राजीनामा दिएका छन्।

National life

आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले आइतबार दिउँसो मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष राजीनामा बुझाएका हुन्।

माओवादी केन्द्रले शुक्रबार मन्त्री विष्ट र सिंहलाई फिर्ता बोलाउन गरेको निर्णय  मुख्यमन्त्रीकहाँ पठाएको थियो। उक्त निर्णयअनुसार नै दुई मन्त्रीले आज राजीनामा दिएका हुन्। राजीनामा पत्र बुझेर मुख्यमन्त्री शाहीले स्वीकृतसमेत गरिसकेका छन्।

मन्त्री विष्ट र सिंहको राजीनामापछि माओवादीले मन्त्रीमा सिफारिस गरेका जाजरकोटकी सांसद कृष्णा शाह र रुकुम पश्चिमका रातो कामीलाई मुख्यमन्त्री शाहीले सोमबार नियुक्त गर्नेछन्।

प्रकाशित: Aug 28, 2022| 16:17 आइतबार, भदौ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।