सोमबार, कात्तिक ३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • माओवादीबाट प्रदेश सरकारमा सामेल दुई मन्त्रीलाई बोलाइयो फिर्ता

माओवादीबाट प्रदेश सरकारमा सामेल दुई मन्त्रीलाई बोलाइयो फिर्ता

माओवादीबाट प्रदेश सरकारमा रहेका आर्थिक मामिला तथा योजनामन्त्री विष्ट र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री सिंहलाई फिर्ता बोलाइएको हो।
 |  शुक्रबार, भदौ १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १०, २०७९
Kumaribank
Metro Mart

सुर्खेत– नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशका दुई मन्त्रीलाई फिर्ता बोलाएको छ। हाल प्रदेश सरकारमा रहेका तीनमध्ये दुई जनालाई फिर्ता बोलाइएको नेकपा माओवादीको कर्णाली प्रदेश कमिटीले जनाएको छ।

समावेशी सिद्धान्तअनुसार महिला सहभागिता गराउने उद्देश्यसहित मन्त्री फिर्ता बोलाइएको माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले बताइन्। ‘अहिले आलोचना भइरहेको विषय समावेशी सिद्धान्तलाई कार्यान्वयन गर्ने कुरा पनि हो। माथिको निर्देशनअनुसार यहाँ अगाडि बढेको हो,’ अध्यक्ष केसीले भनिन्।

माओवादीबाट कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्ट र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाइएको हो। मन्त्री फिर्ता बोलाएपछि कसलाई लैजाने भन्ने विषय भने अहिलेसम्म टुंगिएको छैन। कर्णाली प्रदेशसभामा रहेका माओवादीका ११ सांसदमध्ये दुई जना मात्र मन्त्री बन्न बाँकी थिए। 

प्रकाशित: Aug 26, 2022| 13:27 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।