समितिले मंगलबार साँझ ५ बजे पोखराका विभिन्न वडामा निर्वाचन प्रचार प्रसार कार्यको अनुगमन गर्दा आचारसंहिता विपरीत प्रयोग गरिएका १५ थान लाउड स्पिकर (माइक) बरामद गरेको छ।
यतिखेर महिला पुरुष सरह नै नेतृत्व लिने कसरतमा छन्। नेपाली समाजमा भरसक नेतृत्व तहमा पुरुष नै हुनुपर्छ भन्ने आम बुझाइ छ। विगतको तुलनामा अहिले महिला नेतृत्व सम्हाल्न जुर्मुराएको देखिएको छ।
पहाडका कन्दराबाट रसाएर बग्ने पानीका झरना र कुवा अहिले सुक्दै गएपछि गर्मी सुरु हुनेबित्तिकै खानेपानीको अभाव भएको छ। वनजङ्गल, डाँडाकाँडा जताततै जथाभावी डोजरले सडक खन्दा बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोप त...
पछिल्ला दिनमा स्वदेशी पर्यटकसँगै विदेशी पर्यटक पनि पदयात्राका लागि आउन थालेसँगै पदयात्रा मार्गका व्यवसायीमा उत्साह थपिएको छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलीप गुरुङले बताए।
गण्डकी प्रदेशसभाको आजको बैठकले गण्डकी प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न तथा विवाद समाधान गर्न बनेको विधेयक पारित गरेको छ। प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले विधायन...
मर्स्याङ्दी गाउँपालिकाका एकल पुरुषले मासिक रु ५०० भत्ता पाउने भएका छन्। पालिकाभित्र रहेका ६० वर्षदेखि ६९ वर्षसम्मका एकल पुरुषले सामाजिक सुरक्षा भत्ता बापत मासिक उक्त रकम प्राप्त गर्ने भएका हुन्।
तनहुँमा ७५ हजार भन्दा बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ। चैत २५ गतेदेखि जिल्लाका बालबालिकालाई विद्यालयमै टाइफाइड विरुद्धको खोप लगाउन लागिएको हो।
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका-६ भेडावारीस्थित बराह माविमा शुक्रबार आयोजित ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव पुस्तान्तरण कार्यक्रममा उनले समाजलाई सुसंस्कृत र व्यवस्थित बनाउन अग्रजको अनुभव मार्गदर्शन बन्ने विश्वास व्यक्त गरेका...
चीनको एक्जिम बैंकको २२ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको विमानस्थलको हालसम्म ९३ प्रतिशत काम सकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ।
तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीका सर्वसाधारणलाई गाउँ ब्लक पुर्जा वितरण गरिएको छ। साविक धरमपानी गाउँ विकास समितिअन्तर्गत वर्षौंदेखि जोतभोग गर्दै आएका भूमिहीनलाई आज नापी कार्यालयले गाउँ ब्लक जग्गाको धनी पुर्जा वितरण...