आइतबार, फागुन १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • पोखराको उपमेयरमा मञ्जुको अनिच्छा, पार्टीले दिएको टिकट अस्वीकार

पोखराको उपमेयरमा मञ्जुको अनिच्छा, पार्टीले दिएको टिकट अस्वीकार

नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जुदेवी गुरुङले पार्टीले दिएको पोखरा महानगरपालिकाको उपमेयर पदको टिकट अस्वीकार गरेकी छन्।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

काठमाडौं– नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जुदेवी गुरुङले पार्टीले दिएको पोखरा महानगरपालिकाको उपमेयर पदको टिकट अस्वीकार गरेकी छन्।

शनिबार साँझ बसेको एमालेको सचिवालय बैठकले गुरुङलाई उपमेयर पदको उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर, उनले पार्टीको निर्णय अस्वीकार गरेकी छन्। पार्टीले आफूलाई उपमेयर पदको उम्मेदवार बनाएकोमा उनले आश्चर्य समेत प्रकट गरेकी छिन्। 

आफू मेयर र उपमेयर कुनै पनि पदमा दाबेदार नरहेको र पार्टीले बिना सल्लाह टिकट दिने निर्णय गरेको उनको भनाइ छ। उपमेयरको पद आफूलाई स्वीकार्य नरहेको गुरुङको भनाइ छ।  ‘मैले न मेयरमा आकांक्षा राखेको छु न उपमेयरमा आकांक्षा राखेको छु। मलाई सोध्दै नसोधी र जानकारी नै नदिई किन मेरो नाम उपमेयरका लागि निर्णय गरियो? मेरा लागि यो स्वीकार्य छैन,’ उनले भनेकी छन्। मञ्जु पोखराको बहालवाला उपमेयर हुन्।

केन्द्रीय सदस्य र हालको महानगरको उपमेयरलाई तल राखेर मेयरमा प्रदेश सचिवालय सदस्यलाई अघि सारिएपछि पोखरामा एमाले नेता–कार्यकर्ता असन्तुष्ट छन्।

नेकपा एमालेले पोखरा महानगरको मेयरमा दीपक पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

kumari

प्रकाशित: Apr 24, 2022| 10:35 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।