आइतबार, फागुन १७, २०८२

पोखरामा नेकपा (एस) सँग तालमेल नगर्ने कांग्रेस कास्कीको निर्णय

पोखरा महानगरपालिकामा नेपाली कांग्रेसले नेकपा (एकीकृत समाजवादी) बाहेकका दलसँग तालमेल गर्ने निर्णय गरेको छ।
 |  सोमबार, वैशाख ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ५, २०७९

काठमाडौं– पोखरा महानगरपालिकामा नेपाली कांग्रेसले नेकपा (एकीकृत समाजवादी) बाहेकका दलसँग तालमेल गर्ने निर्णय गरेको छ।

पटक–पटकको छलफलपछि पनि एकीकृत समाजवादी सहमतिमा नआएको भन्दै कांग्रेसले अन्य दलसँग गठबन्धन गर्ने निर्णय गरेको कास्की कांग्रेसले जनाएको छ।  

‘जिल्ला संयन्त्रबाट निर्वाचनका लागि तालमेल गर्ने सम्बन्धनमा नेकपा एकीकृत समाजवादीसँग कास्की जिल्लामा व्यापक छलफल हुँदा एकीकृत समाजवादीको अस्वाभाविक दाबीका कारण निष्कर्ष निस्कन नसकेको र पार्टीका मातहतका निकायको राय सुझावलाई समेत मध्यनजर गरी अन्य गठबन्धनका दलहरुसँग तालमेलका लागि वार्ता संवाद अगाडि बढाउने र एकीकृत समाजवादीसँग स्थानीय निर्वाचनमा मैत्रीपूर्ण, स्वच्छ प्रतिस्पर्धासहित जाने निर्णय गरियो,’ कांग्रेसले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

एकीकृत समाजवादीले पोखरा महानगरपालिका आफूले पाउनुपर्ने दाबी गरेको छ भने कांग्रेस कुनै हालतमा पनि आफैं राख्नुपर्ने पक्षमा छ। 



kumari

प्रकाशित: Apr 18, 2022| 15:46 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।