काठमाडौं– गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरूङ ‘दीपक मनाङे’ले आफ्नै मन्त्रालयका कर्मचारीलाई दुर्व्यवहार गरेका छन्। मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझालाई उनले मंगलबार दुर्व्यवहार गरेको बताइएको छ।
शाखा अधिकृत ओझाले आफूमाथि अमर्यादित व्यवहार भएको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रमुख सचिव रविलाल पन्थ लगायतलाई जानकारी गराएका छन्। मन्त्री मनाङे र शाखा अधिकृत ओझाबीच खटपट भएपछि मन्त्रीले कर्मचारीमाथि हात हालेको बताइएको छ।