आइतबार, फागुन १७, २०८२

कास्कीका पाँचवटै पालिकामा उम्मेदवारी दर्ता

उम्मेदवारी दर्ताका लागि आइतबार र सोमबार दुई दिन समय राखिए पनि सोमबार राति मध्यरातसम्म उम्मेदवारी दर्ता गरिएको थियो।
 |  मंगलबार, वैशाख १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १३, २०७९

गण्डकी- आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीका पाँचवटै पालिकामा उम्मेदवारी दर्ता भएको छ।

उम्मेदवारी दर्ताका लागि आइतबार र सोमबार दुई दिन समय राखिए पनि सोमबार राति मध्यरातसम्म उम्मेदवारी दर्ता गरिएको थियो। भौगोलिकरूपमा देशकै ठूलो महानगरपालिका पोखरामा प्रमुख पदमा २३ जनाको उम्मेदवारी परेको छ।

महानगरको प्रमुख पदका लागि उम्मेदवारी दिनेमा पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य छन् भने नेकपा (एमाले)का कृष्ण थापा छन्। अन्य प्रमुखका उम्मेदवारमा साना दलका साथै स्वतन्त्र छन्। पोखराको उपप्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेसका कोपिला रानाभाट र एमालेका मञ्जुदेवी गुरुङको उम्मेदवारी परेको छ।

कास्कीका अन्य चार गाउँपालिकामध्ये अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा कांग्रेसका युवराज कुँवर र एमालेका विष्णु केसीले उम्मेदवारी दिएका छन्। उपाध्यक्षमा कांग्रेसका खेमकुमारी गुरुङ र एमालेका चन्द्रा अधिकारीको उम्मेदवारी छ। माछापुच्छ्रेको अध्यक्षमा कांग्रेसका मीनबहादुर गुरुङ र एमालेका विक्रम गुरुङ तथा उपाध्यक्षमा कांग्रेसका सीता अधिकारी र एमालेका सीता तिवारी छन्।

मादीमा अध्यक्षमा गठबन्धनका तर्फबाट कांग्रेसका देवीजङ्ग गुरुङ र एमालेका महेन्द्र गुरुङ प्रतिस्पर्धा गर्दै छन् भने उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का लालबहादुर गुरुङ र एमालेका कल्पना गुरुङको उम्मेदवारी परेको छ।

kumari

त्यस्तै रुपा गाउँपालिकामा कांग्रेसका गीमाया गुरुङ र एमालेका नवराज ओझाले उम्मेदवारी दर्ता गराएका छन्। रुपाको उपाध्यक्षमा कांग्रेसका नारायण श्रेष्ठ र एमालेका लालसुब्बा गुरुङको उम्मेदवारी परेको छ। दुई दिनसम्म उम्मेदवारी मनोनयनको समय राखिए पनि दोस्रो दिन राति अबेरसम्म उम्मेदवारी दर्ता गरिएको थियो।

प्रकाशित: Apr 26, 2022| 10:30 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।