शुक्रबार, मंसिर १२, २०८२

गण्डकी प्रदेश सभा: विधेयक पारित, चालु अधिवेशन अन्त्य

गण्डकी प्रदेशसभाको आजको बैठकले गण्डकी प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न तथा विवाद समाधान गर्न बनेको विधेयक पारित गरेको छ। प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस् भन्दै गर्नुभएको प्रस्तावलाई सभाले सर्वसम्मत पारित गरेको हो।
 |  शुक्रबार, चैत २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २५, २०७८

पोखरा- गण्डकी प्रदेशसभाको आजको बैठकले गण्डकी प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न तथा विवाद समाधान गर्न बनेको विधेयक पारित गरेको छ। प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस् भन्दै गर्नुभएको प्रस्तावलाई सभाले सर्वसम्मत पारित गरेको हो।

National life

यसअघि विधेयकमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरू विकास लम्साल, सरिता गुरुङ, गायत्री गुरुङ र कृष्णबहादुर थापाले प्रदेश तथा स्थानीय तहबीचको समन्वयका लागि विधेयक महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरेका थिए।

बैठकले गण्डकी प्रदेशमा सूचनाको हक प्रचलन गराउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाएको छ। उक्त विधेयकमाथिको सामान्य छलफलमा सदस्यहरू धनञ्जय दवाडी, मनकुमारी गुरुङ र पियारी थापाले सूचनाको हक कायम गराउन विधेयक महत्वपूर्ण बन्ने बताए। 

बैठकले केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक विधायन समितिमा दफावार छलफलका लागि पठाएको छ। उक्त विधेयकमाथिको सामान्य छलफलमा मोहनप्रसाद रेग्मी र ललितकला गुरुङले भाग लिएका थिए। आजको बैठकको शून्य समयमा कृष्णबहादुर थापा र ललितकला गुरुङ तथा विशेष समयमा विकास लम्साल र मोहनप्रसाद रेग्मीले विभिन्न समसामयिक विषयमा सरकार तथा प्रदेशसभाको ध्यानाकर्षण गराए। 

बैठकले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सभासमक्ष प्रस्तुत गर्नुभएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदन सार्वजनिक लेखा समितिमा र मुख्य न्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेशको वार्षिक प्रतिवेदन छलफलका लागि विधायन समितिमा पठाउने निर्णय गरेको छ।

Laxmi sunrise bank
kumari

बैठकमा सभामुख नेत्रनाथ अधिकारीले प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मन्त्रिपरिषद्को सिफारिसमा चालु अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य गर्नुभएको व्यहोराको पत्र पढेर सुनाएका थिए। 

प्रकाशित: Apr 08, 2022| 21:35 शुक्रबार, चैत २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।