सोमबार, मंसिर १०, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • पोखराको मेयर बन्न कांग्रेसबाट प्रदेश मन्त्रीसहित १८ जनाको निवेदन

Siddartha premir insuranceSiddartha premir insurance

पोखराको मेयर बन्न कांग्रेसबाट प्रदेश मन्त्रीसहित १८ जनाको निवेदन

आशन्न स्थानीय तह निर्वाचनका लागि पोखरा महानगरपालिकाको मेयर बन्न नेपाली कांग्रेसको तर्फबाट १८ जना र उपमेयरका लागि १० जनाले मनोनयन दर्ता गराएका छन्।
 |  आइतबार, वैशाख ४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

काठमाडौं– आशन्न स्थानीय तह निर्वाचनका लागि पोखरा महानगरपालिकाको मेयर बन्न नेपाली कांग्रेसको तर्फबाट १८ जना र उपमेयरका लागि १० जनाले मनोनयन दर्ता गराएका छन्।

triton college

मेयरको दौडमा प्रदेशका मन्त्रीसमेत देखिएका छन्। नेपाली कांग्रेस पोखरा महानगर समितिले यही ३० वैशाखमा हुने चुनावका लागि पार्टीको तर्फबाट उम्मेदवार छान्न आज आकांक्षीहरुको मनोनयन लिएको हो।

चिप्लेढुंगास्थित नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालयमा आइतबार बिहान ११ देखि दिउँसो ४ बजेसम्म मनोनयन लिइएकोमा मेयरमा १८ र उपमेयरमा १० जनाले मनोनयन दर्ता गराएको कांग्रेस पोखरा महानगर सचिव गणेश थापाले जानकारी दिए। निर्वाचन समितिका अनुसार मेयरको दौडमा सुदीपमोहन भट्टराई, डा. परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्माचार्य, कृष्णबहादुर केसी, बाबुराम आचार्य, सरस्वती गुरुङ, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्रनारायण बिजुक्छे छन्।

विश्वशंकर पालिखे, किशोरदत्त बराल, बिन्दुकुमार थापा, बाबुराम गिरी, गणेशबहादुर भट्टराई, कोपिला राना, किरण केसी, विश्व घिमिरे र ऋषि सापकोटाले पनि इच्छा देखाएका छन्।

उपमेयरमा भने माया बराल कार्की, लक्ष्मी पाण्डे क्षेत्री, आनन्दी राणा कार्की, रंगीला आचार्य, टीकाकुमारी गुरुङ, दीपक मल्ल, मिलन थापा, चिनु गुरुङ, गोविन्द नेपाली र शिव केसीले मनोनयन दर्ता गरेका छन्। 

Metro Mart
vianet

मेयरका आकांक्षी धेरै हुने देखेपछि कांग्रेस पोखरा नगर समितिले मेयर उम्मेदवार शुल्क पनि २५ हजार रुपैयाँ तोकेको थियो। साथै उपमेयरका लागि २० हजार रुपैयाँ दररेट तोकिएकोमा यस अलावा फर्म शुल्क दुवै पदमा ५ सय लिइएको थियो। पार्टीको केन्द्रीय समितिले आकांक्षीहरुबाट मनोनयन दर्ता गर्दा कुनै पनि शुल्क नलिन सर्कुलर गरे पनि महानगर समितिले त्यसको ठाडो उल्लंघन गरेकोमा आपत्ति जनाउँदै कार्यकर्ताले आपत्ति जनाएका छन्।

महानगरले उम्मेदवार बन्न चाहनेहरुको मनोनयन सूचीबाट ३ जनाको नाम छनोट गरी केन्द्रमा सिफारिस गर्नेछ। यसैबीच, गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश मामिलामन्त्री समेत रहेका कांग्रेस नेता बिन्दुकुमार थापाले पनि मेयर पदका लागि मनोनयन दर्ता गराएका छन्। उनले २०७४ सालको प्रदेशसभा चुनावमा कास्की क्षेत्र २ (क) बाट निर्वाचित भएका थिए। उनले माओवादीका उम्मेदवार करणलाई पराजित गरेका थिए। मन्त्री थापा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत हुन्।

मनोनयनपछि मन्त्री थापाले मतदाताको चाहनाबमोजिम नै मेयरका लागि अघि बढेको प्रतिक्रिया दिए। उनले पार्टीले योग्य ठानेमा आफू उम्मेदवार हुने र पोखराको विभिन्न विकृति, विसंगति न्यूनीकरणमा दत्तचित्त भई लाग्ने प्रतिवद्धता जनाए। तपाईंलाई जनताले ५ वर्षको म्यान्डेट दिएका हुन् नि भन्ने पत्रकारको जिज्ञासामा उनले सो भए पनि सबैको माग बमोजिम आफू मेयरका लागि मन्त्री पद राजीनामा गरेर आउने बताए।

यसअघि नेकपा एमाले पोखरा महानगर कमिटीले मेयरका लागि १२ जना र उपमेयरका लागि ११ जनाको नाम जिल्ला कमिटीमार्फत केन्द्रमा सिफारिस गरिसकेको छ। गत निर्वाचनमा एमाले मेयर र उपमेयर दुवैमा वर्चश्व कायम गरेको थियो। पोखराका ३३ वडामध्ये २२ वडामा एमाले र बाँकी ११ वडामा कांग्रेसको नेतृत्व छ। 

प्रकाशित: Apr 17, 2022| 17:36 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।