शनिबार, मंसिर १३, २०८२

ज्येष्ठ नागरिकको अनुभव अनुसरण गर्नुपर्ने

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका-६ भेडावारीस्थित बराह माविमा शुक्रबार आयोजित ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव पुस्तान्तरण कार्यक्रममा उनले समाजलाई सुसंस्कृत र व्यवस्थित बनाउन अग्रजको अनुभव मार्गदर्शन बन्ने विश्वास व्यक्त गरेका हुन्।
 |  शनिबार, चैत १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १२, २०७८

गण्डकी- गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले ज्येष्ठ नागरिकको अनुभवलाई अनुशरण गर्नुपर्नेमा जोड दिएका छन्। कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका-६ भेडावारीस्थित बराह माविमा शुक्रबार आयोजित ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव पुस्तान्तरण कार्यक्रममा उनले समाजलाई सुसंस्कृत र व्यवस्थित बनाउन अग्रजको अनुभव मार्गदर्शन बन्ने विश्वास व्यक्त गरेका हुन्।

National life

सभ्य समाज निर्माणमा अग्रजको अनुतलनीय योगदान रहेको चर्चा गर्दै मन्त्री बरालले राज्यका गहनाका रूपमा रहेका ज्येष्ठ नागरिकलाई उच्च सम्मान गर्दै माया र ममताका साथ घरमै संरक्षण गरेर राख्नुपर्ने आवश्यकता रहेका बताएका छन्।

पोखरा वृद्धाश्रमको आयोजना एवं प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा आयोजित कार्यक्रममा ३७ विद्यार्थी र १५ ज्येष्ठ नागरिक बीच अनुभव आदानप्रदान गरिएको आश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले जानकारी दिए।

कार्यक्रममा डा.निल शर्माले ज्येष्ठ नागरिकको स्वास्थ्य रक्षा र दिनचर्याबारे, वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले ज्येष्ठ नागरिकलाई आयआर्जनमा जोडन सकिनेबारे र विश्व हिन्दू महासंघका सल्लाहकार शालिकराम सापकोटाले परम्परागत संस्कृतिको जगेर्नामा युवा पुस्ताको भूमिकाबारे प्रशिक्षण दिएका थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकनाथ गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालयका अधिकृत गोविन्द सापकोटा, प्रशिक्षक डा.अनिल थापा, विद्यालयका प्राधानाध्यापक मीनराज अधिकारीलगायतले ज्येष्ठ नागरिकको ज्ञान सिपलाई पुस्तान्तरणमा राज्यको भूमिका महत्वपूर्ण हुनेमा जोड दिए। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 26, 2022| 14:00 शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।