शुक्रबार, मंसिर १२, २०८२

कास्कीमा चुनाव प्रचारका क्रममा माइक बरामद

समितिले मंगलबार साँझ ५ बजे पोखराका विभिन्न वडामा निर्वाचन प्रचार प्रसार कार्यको अनुगमन गर्दा आचारसंहिता विपरीत प्रयोग गरिएका १५ थान लाउड स्पिकर (माइक) बरामद गरेको छ।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

कास्की- आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएर प्रचार प्रसारमा जुटेका जिल्लाका राजनीतिक दल र उम्मेदवारहरूले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन्। उम्मेदवारहरूले आचारसंहिता विपरीतका कार्य गरेको गुनासोपछि  मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीको जिल्ला आचारसंहिता अनुगमन समितिबाट पोखरा महानगरका विभिन्न वडामा अनुगमन गर्दा निर्वाचन आचारसंहिताको उल्लंघन भएको पुष्टि भएको छ।

National life

समितिले मंगलबार साँझ ५ बजे पोखराका विभिन्न वडामा निर्वाचन प्रचार प्रसार कार्यको अनुगमन गर्दा आचारसंहिता विपरीत प्रयोग गरिएका १५ थान लाउड स्पिकर (माइक) बरामद गरेको छ।

जिल्ला आचारसंहिता अनुगमन समितिका सदस्य–सचिव हुमनाथ पराजुलीको नेतृत्वमा पोखराका वडा नं १, २, ३, ६, ७, ८, ९ र १० मा अनुगमन गर्दा माइक बरामद गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका आचारसंहिता अनुगमन अधिकृत निलप्रसाद पनेरुले जानकारी दिए।

उनका अनुसार निर्वाचन आचारसंहितालाई पूर्ण कार्यान्वयन गर्न आमसभा र कोणसभा गर्न अनुमति प्राप्त स्थानमा बाहेक सवारी साधन वा अन्य कुनै स्थानमा राजनीतिक दल, स्वतन्त्र उम्मेदवार वा व्यक्तिले माइक प्रयोग गर्न पाउँदैनन्। 

कार्यालयले आगामी दिनमा अनुमति प्राप्त स्थानमा बाहेक अन्यत्र माइक प्रयोग नगर्ने/नगराउने सर्तनामा सहित एक पटकका लागि माइक फिर्ता गरिएको जनाएको छ। राजनीतिक दल तथा उम्मेदवारहरूबाट पुनः लाउड स्पिकर प्रयोग गरेको पाइएमा कानुन बमोजिम कारबाही हुनेसमेत जनाएको छ।

Laxmi sunrise bank
kumari

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरूले चुनावी प्रचार अभियानलाई तीव्र बनाएका छन्। विभिन्न दल र उम्मेदवारले वडा वडामा सांस्कृतिक कार्यक्रमसहित चर्को आवाजमा कार्यक्रम गर्दा आचारसंहिता उल्लंघन हुने गरेको पाइएको छ। 


प्रकाशित: May 04, 2022| 10:10 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।