शुक्रबार, मंसिर १२, २०८२

भूमि व्यवस्थामन्त्री श्रेष्ठद्वारा गाउँ ब्लक पुर्जा वितरण

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीका सर्वसाधारणलाई गाउँ ब्लक पुर्जा वितरण गरिएको छ। साविक धरमपानी गाउँ विकास समितिअन्तर्गत वर्षौंदेखि जोतभोग गर्दै आएका भूमिहीनलाई आज नापी कार्यालयले गाउँ ब्लक जग्गाको धनी पुर्जा वितरण गरेको हो।
 |  बुधबार, चैत ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ९, २०७८

तनहुँ- तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीका सर्वसाधारणलाई गाउँ ब्लक पुर्जा वितरण गरिएको छ। साविक धरमपानी गाउँ विकास समितिअन्तर्गत वर्षौंदेखि जोतभोग गर्दै आएका भूमिहीनलाई आज नापी कार्यालयले गाउँ ब्लक जग्गाको धनी पुर्जा वितरण गरेको हो।

National life

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले ४६ जग्गाधनीलाई पुर्जा वितरण गर्नुभएको हो। सो अवसरमा मन्त्री श्रेष्ठले देशभर नापी भइसकेका गाउँ ब्लकका नागरिकलाई पुर्जा वितरण गर्ने अभियान सुरु गरिएको बताए। 

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि राष्ट्रिय भूमि आयोग गठन गरिएको र आयोगमार्फत सुकुम्बासीलाई लालपुर्जा प्रदान गरिने उहाँले प्रतिबद्धता व्यक्त गरे। 

नापी कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले ब्लकमा परेका व्यक्तिहरुलाई लालपूर्जा वितरण गरिएको जानकारी दिए। कार्यालयले विगतमा पनि जिल्लाका विभिन्न ठाउँका सर्वसाधारणलाई गाउँ ब्लक पुर्जा वितरण गरेको उनले बताए।

पुर्जा पाएपछि स्थानीयवासी खुसी भएका छन्। पुर्जा नहुँदा उनीहरु व्यक्तिगत काम, बैंकबाट ऋण लिने, धितो राख्ने, बेचबिखन गर्न, अंशबण्डा गर्नबाट वञ्चित थिए। विसं २०२९ देखि २०३२ सम्म तनहुँमा पहिलो पटक नक्सा नाप गरिएको थियो। 

Laxmi sunrise bank
kumari

तत्कालीन समयमा बाक्लो बस्ती बसेको ठाउँ र बस्ती नबसेको ठाउँमा गाउँ ब्लक भनेर एउटै कित्तामा जग्गा नापी गरिएको थियो। एकै ठाउँमा धेरै घर भएका ठाउँमा नाप नक्सा हुन छुट भएको थियो। उक्त समयमा ती जग्गामा ब्लक नं लेखिएको थियो। नापी कार्यालयले अहिले त्यही ब्लक नं नापेर भोगका आधारमा पुर्जा वितरण गरेको हो।

तनहुँमा विसं २०७१ देखि गाउँ ब्लक नाप्न सुरु गरिएको थियो। नापी कार्यालयका अनुसार जिल्लामा साविकका २२ वटा गाविसमा गाउँ ब्लक रहेको छ।


प्रकाशित: Mar 23, 2022| 21:30 बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।