‘सञ्चयकर्ताको पैंसालाई कोषले राष्ट्रिय पुँजी निर्माणमा सहयो गर्ने गरी उत्पादनमूलक क्षेत्रमा लगानी लगाउनुपर्छ,' उनले भने। ‘उत्पादन क्षेत्रमा गरिएको लगानीले रोजगारी सिर्जना गर्छ। व्यापार घाटा कम गर्न सहयोग गर्छ।’
१५ औं आवधिक योजनामा आधारित भएर अघिल्लो बजेट ल्याइएको थियो। प्रतिस्थापन विधेयकले त्यो कुरो पनि भन्दैन। न्यूनतम साझा कार्यक्रमले पनि भन्दैन। कहाँ टेकेर यो चिज भइरहेको छ भन्ने कुरै यसमा...
नेपाल सरकार र विश्व बैंकबीच करिब ६ सहुलियतपूर्ण ऋणका लागि दुई वटा सम्झौता भएका छन्। नेपालको विद्यालय क्षेत्र र स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि छुट्टाछुट्टै दुई सम्झौता भएका हुन्।
मुलुक बजेटविहीन हुने निश्चित भएको छ। सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको र अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बुधबार रातिबाट निष्क्रिय हुने भएपछि 'बजेट होलिडे'तर्फ देश अघि बढेको हो।
नेपाल निर्माण व्यवसायी महासंघले प्रतिस्थापन बजेटमा उल्लेखित ‘श्रम समूहमार्फत् १० करोडसम्मको निर्माण कार्य गर्न सकिने’ प्रावधान तत्काल हटाउन सरकारसँग माग गरेको छ।
निरन्तर भइरहेको व्यापारमा समेत चिनियाँ पक्षले कोटा निर्धारण गरेपछि आयातकर्ताले दुःख झेल्नु परेको आयातकर्ता समेत रहेका उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष राजकुमार बस्नेत बताउँछन्।
आन्तरिक राजश्व विभागले आयोजना गरेको दुईदिने व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले आफूले व्यक्तिगत स्वार्थका लागि देशलाई घाटा पार्ने काम नगर्ने दाबी गरेका हुन्।
नेपालमा पहिलो पटक ‘बजेट होलिडे’ हुने भएको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले बजेट पास गर्न नसकेपछि नेपालमा पहिलो पटक ‘बजेट होलिडे’ हुने पक्का भएको हो।