काठमाडौं– नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम प्रयोग दुई पटकसम्म निःशुल्क गर्न निर्देशन दिएको छ।
मंगलबार एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले दुई पटकसम्मको अन्तरबैंक एटीएम प्रयोग निःशुल्क गर्न र त्यसभन्दा बढी प्रयोग गर्नुपरेमा बढीमा २० रुपैयाँ सेवा शुल्क लिन सक्ने व्यवस्था गरेको हो।
यसअघि बैंकहरुले एक बैंकको एटीएम अर्को बैंकमा प्रयोग गर्दा मनपरी शुल्क लिने गरेका थिए। २०७६ चैतयता कोरोना महामारी फैलिएपछि राष्ट्र बैंकले अन्तरबैंक एटीएम प्रयोग केही महिना निःशुल्क पनि गरेको थियो।
अहिले भने महिनामा एक पटक अन्तरबैंक एटीएम प्रयोग निःशुल्क छ। त्योभन्दा बढी कारोबारमा भने बैंकहरुले मनपरी सेवा शुल्क लिँदै आएका छन्।