शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सञ्चय कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ : अर्थमन्त्री

सञ्चय कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ : अर्थमन्त्री

‘सञ्चयकर्ताको पैंसालाई कोषले राष्ट्रिय पुँजी निर्माणमा सहयो गर्ने गरी उत्पादनमूलक क्षेत्रमा लगानी लगाउनुपर्छ,' उनले भने। ‘उत्पादन क्षेत्रमा गरिएको लगानीले रोजगारी सिर्जना गर्छ। व्यापार घाटा कम गर्न सहयोग गर्छ।’
 |  बिहीबार, भदौ ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३१, २०७८

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चय कोषले उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्ने बताएका छन्। कोषको ६०औं वार्षिकोत्सव समारोहलाई भर्चुअल रुपमा उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन्।

‘सञ्चयकर्ताको पैंसालाई कोषले राष्ट्रिय पुँजी निर्माणमा सहयो गर्ने गरी उत्पादनमूलक क्षेत्रमा लगानी लगाउनुपर्छ,' उनले भने। ‘उत्पादन क्षेत्रमा गरिएको लगानीले रोजगारी सिर्जना गर्छ। व्यापार घाटा कम गर्न सहयोग गर्छ।’ 

उनले सञ्चयकर्ताको बोनस रकमलाई समेत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाएर लाभको दायरा विस्तार गर्नुपर्नेमा जोड दिए।

मन्त्री शर्माले कोषले संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र कार्यप्रणालीलाई अझै प्रविधिमैत्री बनाई सञ्चयकर्ताको लागि सहज वातावरण सिर्जना गर्नुपर्ने धारणा व्यक्त गरे।

सञ्चय कोषको कुल लगानी आर्थिक वर्ष २०७७/७८ सम्म ४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ। हाल सञ्चय कोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ। निवृत्तभरण कोषमा १ अर्ब ५८ करोड छ। कोषको दायित्व ४ अर्ब ६७ करोड रहेको छ।  

सञ्चयकर्ताको सेवाकालमा मृत्यु भएमा हकवालालाई एकमुष्ट ४० हजार रुपैयाँ काजक्रिया खर्च उपलब्ध गराउँछ। यसैगरी कोषले सामान्य औषधोपचारको हकमा १ लाख तथा घातक रोगको हकमा १० लाख रुपैयाँसम्मको उपचार खर्च शोधभर्ना गर्ने गरेको छ।   

वि.सं २०१९ साल भदौ १९ गते कोषको स्थापना हुनुभन्दा अगाडि वि.सं.१९९१ मा सैनिक द्रव्य कोष, वि.सं.२००१ मा निजामती प्रोभिडेन्ट फन्ड र  वि.सं. २०१७ मा सञ्चयकोष विभागको नाममा यसको काम कारबाही सञ्चालन भएको थियो। 


प्रकाशित: Sep 16, 2021| 17:29 बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्