आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • कोरोना र भूराजनीतिक मुद्दाका कारण तेलको मूल्य बढ्यो : व्यवसायी

कोरोना र भूराजनीतिक मुद्दाका कारण तेलको मूल्य बढ्यो : व्यवसायी

कोरोना भाइरससँगै भूराजनीतिक मुद्दाका कारण कच्चा पदार्थमा मूल्य वृद्धि भएकाले नेपालमा पनि मूल्य बढ्न पुगेको संघले उल्लेख गरेको छ।
 |  बुधबार, भदौ ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३०, २०७८

काठमाडौं- नेपाल वनस्पति घ्यूतेल उत्पादक संघले विश्व बजारमा नै खाने तेल र घ्युको मूल्य बढेका कारण नेपालमा पनि मूल्य बढेको बताएको छ। बुधबार विज्ञप्ति जारी गर्दै घ्यूतेलको मूल्यका सम्बन्धमा सञ्चारमा आएका विषयबारे ध्यानाकर्षण भएको बताउँदै संघले यस्तो बताएको हो। 

National life

कोरोना भाइरससँगै भूराजनीतिक मुद्दाका कारण कच्चा पदार्थमा मूल्य वृद्धि भएकाले नेपालमा पनि मूल्य बढ्न पुगेको संघले उल्लेख गरेको छ। उद्योगहरुलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुवाट आयात गर्नुपर्ने तर अन्तराष्ट्रिय बजारमा भएको मूल्यवृद्धिका कारण नेपालमा पनि महँगो पर्न भएको संघको जिकीर छ। 

सन् २०२० को अप्रिल महिनामा सोयाबिन तेलको कच्चा पदार्थको मूल्य प्रतिमेट्रिक टन ५८९ अमेरिकी डलर रहेकोमा हाल ७०४ डलर पुगेको संघको भनाइ छ। यस्तै अन्य कच्चा तेलका कच्चा पदार्थमा समेत अस्वभाविक  रूपमा मूल्य बढेको उसको भनाइ छ।

यसका साथै नेपाल भित्रने तेलजन्य पदार्थमा १० प्रतिशत भन्सार कर र १३ प्रतिशत भ्याटका कारण पनि थप मूल्यवृद्धि हुन पुगेको संघको भनाइ छ। यस्तै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले पनि ढुवानी खर्च थप हुन पुगेकाले मूल्य बढेको संघले उल्लेख गरेको छ। 

यद्यपि चलन चल्तिको अन्तराष्ट्रिय मूल्य अनुसार नेपालमा मूल्य कायम हुन नसकेको संघको स्वीकारोक्ति छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 15, 2021| 15:57 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्