शनिबार, असोज १७, २०८३

जनगणना : बुधबारदेखि घरपरिवार सूचीकरण सुरु

केन्द्रीय तथ्यांक विभागले सुपरिवेक्षण तालिम सम्पन्न भइसकेको जानकारी दिँदै बुधबारदेखि घर तथा घर परिवार सूचीकरण कार्य सुरु गरिने जानकारी गराएको हो।
 |  बुधबार, भदौ ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३०, २०७८

काठमाडौं- सरकारले जनगणनाका लागि घर तथा घरपरिवार सूचीकरण कार्य बुधबारदेखि सुरु गर्ने भएको छ। आगामी २५ कार्तिकदेखि ९ मंसिरसम्म हुने जनगणनाका लागि घर तथा घरपरिवार सूचीकरण कार्य बुधबारदेखि सुरु गर्ने भएको हो। 

केन्द्रीय तथ्यांक विभागले सुपरिवेक्षण तालिम सम्पन्न भइसकेको जानकारी दिँदै बुधबारदेखि घर तथा घर परिवार सूचीकरण कार्य सुरु गरिने जानकारी गराएको हो। 

यसअघि गत जेठ २५ गतेदेखि जनगाण्ना हुने कार्यक्रम रहेकोमा कोरोना भाइरस महामारीका कारण जनगणना स्थगति गरिएको थियो। यस वर्ष गरिने जनगणना १२औं जनगणना हो। गत २१ भदौमा मन्त्रिपरिषदको बैठकले आगामी २५ कार्तिकदेखि ९ मंसिरसम्म जनगणना गर्ने निर्णय गरेको थियो।

प्रकाशित: Sep 15, 2021| 06:05 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्